आजभोलि जिल्लाका मानिसको रोजाइमा पर्ने गन्तव्य मध्येको एक महत्त्वपूर्ण गन्तव्य हो । धिमीचौर । सदरमुकाम बस्ने हरेक मानिसले मानसपटलमा धिमीचौर एक जानैपर्ने ठाउँको रुपमा सूचित छ । जहाँ पुग्न मानिस लालायित हुन्छन् । र जहाँको दृश्यसँग आफ्नो तस्बिर कैद गर्न हतारिन्छन्।
जुम्ला सदरमुकामको उत्तरतर्फ पर्ने धिमीचौर पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । सदरमुकामको सिरानीमा अवस्थित धिमीचौर एक प्रकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र हो । यहाँ पुग्ने जो सुकै मानिसलाई धिमीचौरको फाँटले आकर्षण र मानिसलाई आफ्नो सामीप्यतामा तानिरहेको छ ।
यहाँ पुग्ने जो सुकै मानिसलाई लोभ्याउने धिमीचौर, यहाँको वातावरणको वर्णन गरेर थाक्दैनन् मानिसहरु। यो ठाउँ सदरमुकाम आसपासमा भएता पनि यो सुनसान जंगल भित्र लुकेको एक अद्भुत क्षेत्र हो । जहाँ पुग्ने मानिसले एकछिन भएपनी आफ्ना दु:खहरु बिसाउछन् । र आनन्दको महसुस गर्दछन् । अनि प्रकृतिको चिसो हावाको स्पर्शसँगै आनन्दित हुने गर्दछन् ।

मानिस विभिन्न कामको थकानले थलिएको हुन्छ । त्यतिबेला मानिसलाई एकान्तको खाँचो पर्छ । प्रकृतिको काखको खाँचो पर्छ । र मानिस धिमीचौर जस्तै प्रकृतिको अद्भुत दृश्यसँग नजिक हुन खोज्दछ।

आजभोलि जिल्लाका मानिसको रोजाइमा पर्ने गन्तव्य मध्येको एक महत्त्वपूर्ण गन्तव्य हो । धिमीचौर । सदरमुकाम बस्ने हरेक मानिसको मानसपटलमा धिमीचौर एक जानैपर्ने ठाउँको रुपमा सूचित छ । जहाँ पुग्न मानिस लालायित हुन्छन् । र जहाँको दृश्यसँग आफ्नो तस्बिर कैद गर्न हतारिन्छन्।

धिमीचौर पछिल्लो समय पिक्निक पार्कको रुपमा समेत चिनिदै गएको छ । यहाँ विभिन्न शैक्षिक भ्रमण लगायत सरकारी कार्यालयहरुको छोटो गन्तव्यको रुपमा परिचित हुँदै समेत आएको छ ।

धिमीचौर पर्यटकीय विकासको निम्ति अझै विकास हुन बाँकी नै छ । यहाँ पुगेको बाटो अझै सहज भयो भने धिमीचौरमा पर्यटक बढ्ने सम्भावना निकै रहेको छ । जसको निम्ति स्थानीय तह लगायतका सरकारको गहिरो रुपमा ध्यान जान जरुरी छ।