सोमबार, ८ पुष, २०८१

कविता : विद्यार्थीलाई

विद्यार्थीलाई
हाम्रो सेरोफेरो शिक्षणमा,
बच्चालाई गाउँ लिई घुमाई दिँदा
घरपालुवा जनावर शिक्षणमा,
बच्चालाई घरमै लिई देखाई दिँदा
वाटर एनिमल शिक्षणमा,
बच्चालाई नदीको तिरमा लिई दिँदा

खानेकुरा शिक्षणमा,
कक्षाकोठाको टेवल भरी खानेकुरा राखी दिँदा
सरसफाइमा गीत गाई दिँदा
समस्या र समाधानमा
नाटक गरी दिँदा,

विद्यार्थीलाई,
किन चुप लाग भन्नू पर्ला ?
किन चकचक नगर भन्नू पर्ला ?
किन हल्ला नगर भन्नू पर्ला ?
किन कुरा सुन भन्नू पर्ला ?
किन ध्यान देउ भन्नू पर्ला ?
किन टाउको अनि मुख दुखाउनु पर्ला ?
किन बेहिसाब गाली गर्नु पर्ला ?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार