माटोमुनिबाट आएको रोदनले बच्यो ६ वर्षीया बालिकाको ज्यान, टिमुरेमा जीवितै उद्धार

माटोको थुप्रोभित्रबाट आएको बच्चा रोएको आवाजले खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको ध्यान तान्यो। आवाज पछ्याउँदै खोजी गर्दा रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिका जीवितै फेला परेकी छन्। शुक्रबार साँझ करिब सवा ६ बजे सशस्त्र प्रहरी बल नेपालको खोज तथा उद्धारटोलीले ती बालिकालाई माटोमुनिबाट उद्धार गरेको हो। टिमुरे क्षेत्रमा खोजी गरिरहेको टोलीले माटोभित्रबाट […]
रसुवाको सुरुङमा उद्धार उपकरण अभाव, सांसद ज्ञानेन्द्र शाहीद्वारा प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण

रसुवाको हाकु–जेबी–२१६ सुरुङमार्गमा फसेका नागरिकको उद्धारका लागि आवश्यक उपकरण तथा प्रविधिको अभाव रहेको भन्दै सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र (बालेन) शाहको ध्यानाकर्षण गराएका छन्। नेपाली सेना ज्यानको बाजी लगाएर उद्धार कार्यमा खटिए पनि आधुनिक विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक पर्याप्त उपकरण र प्रविधि नभएको शाहीले बताएका छन्। उनका अनुसार तीन दिनदेखि नेपाली […]
घरधनीदेखि व्यापारीसम्म दिँदैनन् बिल, सरकार भन्दैन कता उजुरी गर्ने ?

स्थानीय तहबाट अनुगमन पनि नहुने भएकोले घरधनीहरुलाई मोज भएको छ । त्यसैले, अब सरकारले घरभाडा तिरेपछि अनिवार्य बिल लिन र बिल नदिएमा उजुरी दिन आह्वान गर्नुपर्छ । यता, सार्वजनिक यातायातमा दैनिक करोडौं सर्वसाधारण चढ्छन् । सरकार भन्छ, ‘एक सय रुपैयाँमाथिको सामान किन्दा भ्याट बिल लिनुस्, लखपति बन्नुस् ।’ गत साउनदेखि लागू भएको करदाता प्रोत्साहन उपहार […]


