बिहीबार, २१ श्रावण, २०८३

ढल्यो चार सय वर्ष बूढो देवाद्यार रुख : रूखसँगै गुमेको इतिहास

जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरामा रहेको उक्त देवदारलाई स्थानीयवासी चार सय वर्षभन्दा पुरानो भएको अनुमान गर्छन्। तीन दिन अघिसम्म लुम्सेरा गाउँमा अरू दिनजस्तै थियो। कर्णाली राजमार्गमा गाडीहरू गुडिरहेका थिए। खेतमा धानबाली हावासँगै हल्लिरहेको थियो। गाउँ आफ्नै दैनिकीमा थियो।तर केहीबेरमै एउटा ठूलो आवाज आयो। वर्षौँदेखि गाउँमाथि उभिइरहेको विशाल देवदारको रूख ढल्यो।त्यो आवाजसँगै एउटा रूख मात्र भुइँमा बजारिएन। […]

ताजा समाचार