शुक्रबार, २५ बैशाख, २०८३

सुकुम्बासी बस्ती, डोजर र इतिहास न्यायको द्वन्द्व: राज्य, समाज र भूमिको गहिरो प्रश्न

डोजरले टहरा भत्काउन सक्छ, तर समस्या समाधान गर्दैन। समाधानका लागि नीति चाहिन्छ, योजना चाहिन्छ, इमानदार राजनीतिक इच्छाशक्ति चाहिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा, मानवीय दृष्टिकोण चाहिन्छ। कानूनको शासन आवश्यक छ, तर कानूनको प्रयोग मानवीय संवेदनशीलतासँग जोडिनुपर्छ। अहिले सामाजिक सञ्जालदेखि सहर, बजार, गाउँ, बस्ती, चौतारा र चिया पसलसम्म एउटै विषयले चर्चा पाएको छ सुकुम्बासी बस्तीमा डोजर चलिरहेको कुरा। […]

वालेन सरकारः राजस्व उठाउनतर्फ छैन ध्यान, ऋण स्वीकृतमै व्यस्त !

विगतकै सरकारको पारामा वालेन सरकार पनि हिँडिरहेको देखिन्छ । राजस्व नउठाउने, ऋण लिने । कांग्रेस, एमाले, माओवादीले देशलाई ऋणमा डुबाए भन्दै जेनजी आन्दोलन भयो । ७७ जनाले ज्यान गुमाए । खर्बौको सम्पत्ति खरानी बन्यो । २७ महिनापछि हुनुपर्ने चुनाव फागुनमा भयो । तर, प्रगति के ? आर्थिक वर्ष २०८२–८३ को बजेटमा १५ खर्ब ४० अर्ब […]

‘अछेता’ मार्फत कर्णालीको कथा भन्दै गोविन्द सुनार

‘अछेता’ नाटक मात्र नभई, यो कर्णालीको समाज, वर्ग, पीडा, संघर्ष र पहिचानको कथा हो। यसका लेखक तथा निर्देशक गोविन्द सुनार स्वयं संघर्षबाट उठेका कलाकार हुन्। कर्णालीको माटो, दुःख, संघर्ष र सपनालाई रंगमञ्चमा उतार्ने प्रयाससहित निर्देशक, लेखक तथा कलाकार गोविन्द सुनार आफ्नो नयाँ नाटक अछेता लिएर दर्शकमाझ आउँदैछन्। जेठ १ गतेदेखि २५ गतेसम्म शिल्पी थिएटरमा मञ्चन […]

टंक धामीको अथाह संघर्षले निर्मित पञ्चदेवल क्याम्पसमा रोकिएको विकास

कुनै समय पञ्चदेवल क्याम्पसलाई हेर्दा धेरैले यसलाई ‘सुकुम्बासी बस्ती’ जस्तै भन्ने गर्थे। भवनहरू अव्यवस्थित थिए, पूर्वाधार कमजोर थियो, र क्याम्पसको भविष्य अन्योलले ढाकिएको देखिन्थ्यो। तर त्यही अव्यवस्थित अवस्थामाथि परिवर्तनको सपना बोकेर उभिएका थिए, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टंक धामी। धामीका लागि पञ्चदेवल क्याम्पस केवल एउटा शैक्षिक संस्था थिएन, यो गाउँका हजारौं विद्यार्थीको भविष्यसँग जोडिएको सपना […]

ताजा समाचार