कुशेका अध्यक्षको दलित विरोधी अभिव्यक्ति: चौतर्फी आक्रोश र कारबाहीको माग

जाजरकोट जिल्ला कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले दिएको दलित समुदायप्रति लक्षित दलित विरोधी अभिव्यक्तिको विरोध गर्दै कारबाहीको माग गरिएको छ। अध्यक्ष बस्नेतले सार्वजनिक स्थलमा एक भाषणमा दिएको दलित समुदायप्रति लक्षित अभिव्यक्तिले दलित समुदायको आत्मसम्मानमा ठेस लागेको भन्दै उनको चौतर्फी रुपमा विरोध विरोध भएको छ। जाजरकोटको कुशे गाउँपालिकामा २ मा आयोजित नेपाली काङ्ग्रेसको चुनावी कार्यक्रममा बोल्दै बस्नेतले […]
कविता: यात्रा र छाया

बाटोमा रुमल्लिएको भए मूलबाटो देखाउन हुन्थ्योयात्रा आरम्भमा अल्झिएपैतला टेकाउन हुन्थ्यो। पैतला र यात्राको तादम्यताआत्मिक उर्जामा तुसारो परेन ज्ञात- लेखाजोखा कसले गरेको हेर्ने ? पछाडि कि अगाडि सरे ! बोकेर आधाबाटोसम्म पुगाए पनिटक्क रोकिनु ! अँध्यारो होउन्जेल –फर्किन नसक्नु, बढ्न नखोज्नुबाटोको भेद समेत नपाउनु ! उसले बताउदै छ – तिमी हिँडयो मूलबाटो होयहिबाट यात्रा थालेरगन्तव्यमा पुग्ने […]
कथा : तिघ्रेबहादुर तिब्रिकोटे

राजनीतिक दलका स्थानीय नेता आए, ‘तँ अब हाम्रो पार्टीको भविष्य होस्। यो समिति तँलाई हाम्रो तर्फबाट उपहार।’ विक्रम संवत् २०१८ साल कात्तिक १८ गते तिब्रिकोटको तिघ्रेबहादुर तिब्रिकोटे १८ वर्ष पुग्यो। उसको लागि यो जीवनकै ठूलो उपलब्धि मध्येको एक थियो। अब उ फलानो निर्माण उपभोक्ता समितिको अध्यक्ष बन्न योग्य भयो। बिहानै उसले आफ्नो आमाबुबालाई बोलाएर भन्यो, […]


