कविता-उज्यालो खोज्दै देश

खै उज्यालो सबैतिर,अन्धकारले सहरदेखि गाउँसम्म छोपेको छ,सपना बोकेको देश,आफ्नै पीडामा चुपचाप रोएको छ। भन्छन्—देश बिग्रियो,नेताले मात्रै बिगार्यो रे।तर ऐनामा हेर्ने आँट कसैसँग छैन,गल्ती स्वीकार्ने साहस हरायो रे। हामीले नै छानेका हातहरू हुन्,हामीले नै दिएको शक्ति हो।आज गाली गर्ने ती ओठहरूले,हिजो ताली बजाएको सत्य हो। हकको कुरा आउँदा,हामी सबै जाग्छौँ।कर्तव्य सम्झाउने बेला,हामी सबै भाग्छौँ। परिवर्तन खोज्दै […]
जुम्ला राज्य पतनको बहुआयामिक विश्लेषण

मध्यकालीन नेपालका शक्तिशाली पहाडी राज्यहरूमध्ये जुम्ला (सिंजा) राज्य कर्णाली क्षेत्रको राजनीतिक, सांस्कृतिक तथा प्रशासनिक केन्द्रका रूपमा विकसित भएको थियो। कल्याल शासकहरूको नेतृत्वमा स्थापित यस राज्यले पश्चिमी नेपालमा लामो समयसम्म प्रभाव कायम राखे पनि अन्ततः आन्तरिक दुर्बलता, बाह्य राजनीतिक दबाब, आर्थिक संरचनाको अवमूल्यन तथा सामाजिक, सांस्कृतिक परिवर्तनका कारण पतनको मार्ग समात्न बाध्य भयो। यस लेखमा जुम्ला […]
हाम्रो पहिचान, हाम्रो पोसाक : ठेटुकासँग अम्विका तिवारी (अन्तर्वार्ता)

मैले केही दिन अघि सामाजिक संजालमा एउटा भिडियो भेटेँ। त्यसलाई सबै सामु बाडेँ। भिडियोमा ३-४ जना महिला ठेटुका बनाउदै गरेका थिए। धेरै मान्छेले हेरे र विभिन्न प्रतिक्रिया आए। त्यसैले मैले उहाँ भिडियोमा देखिनु भएकी एउटी आमासँग सम्पर्क गरे सिंजा। गाउँपालिका वडा नं. २ बिष्टवाडा जुम्लामा बस्नु हुने अम्विका तिवारी उमेरले ५८ वर्ष हुनु भयो। हाल […]
कविता : मेरो रातो मफलर

मेरो औधी मन पर्ने काँधको रातो मफलरमलाई एक्लै हिउँदमा यसले कहाँ छोड्छर ?चट्ट पारी मेरो कुममाथि आएर बसिदिन्छअनि मलाई देखाईदिन्छ अति नै शुन्दर । शिरमाथि जहिले ढाँकाटोपी हुनुपर्नेे भन्छदाह्री काटेको फेशमा कालो चस्मा खोज्छअनि दौरा सुरुवाल र कोट लगाएर बस रेत्यसैमाथि रातो मखलर बेरेर हिँड्न भन्छ । गोडामा नि कालो जुत्ता लगाई हिँड्न भन्छअफिसमा कालो […]
जाडोमा निम्तिने जोखिम: कार्बन मोनोअक्साइड विषाक्तता

ग्यास गिजर राम्रो हावापास हुने बाथरुममा मात्र प्रयोग गर्नुपर्छ। ग्यास गिजर भएको अवस्थामा नुहाउनु अघि आवश्यक मात्रामा तातो पानी भरेर ग्यास गिजर बन्द गरेपछि मात्र नुहाउनु सुरक्षित हुन्छ। जुम्ला लगायत कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा जाडोयाम अत्यन्त कडा हुने भएकाले मानिसहरू नुहाउन ग्यास गिजर, कोठा तताउन हिटर, दाउरा तथा कोइला प्रयोग गर्ने गर्छन्। चिसोबाट जोगिन घरका […]




