सोमबार, १२ माघ, २०८२

तिला घोडेमा एक सय ४३ बोकाको बलि दिएर रायपुर्बमा पुजा

तिला गाउँपालिका ६ को घोडे गाउँमा पर्ने रायपुर्ब थानमा एक सय ४३ बोकाको बलि दिएर पूजाअर्चना गरिएको छ। घोडे गाउँको अवस्थित समुद्री तहदेखि करिब ४ हजार मिटरको उचाईमा रहेको भाब्ना पाटनमा रहेको धार्मिक स्थल रायपुर्बको थानमा यो वर्ष १४३ वटा काँचा बोकाहरूको बलि दिइएको हो। प्रत्येक वर्षमा एकचोटि पूजाअर्चना गरिने यो एक विशेष प्रकारको पूजाअर्चनाको […]

आफूले भोगेको विभेद सन्तानले भोग्न नपरोस् भन्दै संघर्ष गरिरहेकी सरस्वती थापा विक

अन्तरजातीय विवाह गरेकै कारण उनी विभेदको शिकार भइन् । दलित केटासँग विवाह गरेकाले समाजमा धेरै नै विभेदको सामना गर्नु परेको तितो अनुभुति छ, उनीसँग । सरस्वती थापा विकको अन्तरजातीय विवाह भएको हो । उनी दैलेख जिल्ला भगवतीमाई गाँउपालिकामा जन्मिएकी हुन । पढाइमा उनी अब्बल थिइन् । स्कुलमा नाम कहलिएकी उनी ७ कक्षासम्म प्रथम श्रेणीमा पास […]

कविता-निदाउनु छ

निदाउनु छ कतै आशा छोडेरजसरी डुब्छ सुर्य भोलिका असंख्य योजना छोडेरनानीहरू अघिनै निदाइसकेपानी उम्लिरहेको भड्डु हेर्दाहेर्दैगोरीले भनेकी थिई पर्ख नानी हो पाक्तै छउस्ले पकवान पर्खाएकी होइन निद्रा पर्खिएकीपर्खिनु साँच्चै गाह्रो कुरा होउनिहरुले उम्लिरहेको पानी पर्खिएतर निद्राले पर्खेन उनिहरुले जसरीनिद्रालाई थाहा छ त्यो भाँडोको पानीचुलोमै रहन्छ भोलि बिहानसम्मर भोकै सुत्छन् रिठ्ठे र गोरी पटुका कसेररिठ्ठेलाई निदाउनु […]

महिनावारीलाई मानवअधिकारको कोणबाट हेरौं

मैले चितवनमा मर्यादित महिनावारी बारेमा छलफल गर्दा त्यहाँ समुदायले के भन्नू भयो भने मैले पाँच दिनको हिसाब गर्न लगाउँदा उहाँहरूले अहिलेसम्मको हिसाब गरेर पाँच हजार पटक मेरो मानवाधिकार, मौलिक हक अधिकार, संवैधानिक अधिकार हनन् भएछ भनेर निकाल्नु भयो। वि.सं. २०३० मा जन्मिएकी राधा पौडेल समकालीन नेपाली साहित्यमा सशक्त पात्रको रूपमा स्थापित नाम हो। पेशाले नर्स […]

भक्तपुरमा ३४ वर्षदेखि सरकारी सम्पत्ति बाँडेर सखाप

किनकि भूकम्प आउँदा यहाँ भाग्ने खुला ठाउँ नै छैन। एकसँग अर्को, अर्कोसँग अर्को, अर्कोसँग अर्को घर जोडिएर बनाइएको छ। यसले भूकम्पले एउटा घर मात्र ढलेमा त्यसले दर्जनौं घरमा क्षति पुर्‍याउने देखिन्छ। भक्तपुर नेपालको सबैभन्दा सानो जिल्ला हो। यो काठमाडौं उपत्यकाभित्र पर्दछ। यहाँ दुई वटा निर्वाचन क्षेत्र छन्। एक नम्बर क्षेत्रमा सरकारी कार्यालयसँगै पर्यटकीय स्थल तथा […]

जुम्ला तिलाको सार्वजनिक सुनुवाइ सम्पन्न

जुम्लाको तिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै चालु तथा पुँजीगत दुवै तर्फको बजेट कार्यान्वयन प्रभावकारी भएको जानकारी दिएको छ। गाउँपालिकाले सो वर्षका लागि कुल ५१ करोड २४ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।  चालुतर्फ ३३ करोड ५१ लाख ७२ हजार र पुँजीगततर्फ १७ करोड ७३ लाख विनियोजनमध्ये क्रमशः […]

दाङका सविन प्रियासनद्वारा एक वर्षमै तीन उपन्यास सार्वजनिक

नेपालमा दोस्रो सबैभन्दा धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार सविन प्रियासनले यस वर्ष मात्रै तीन नयाँ कृति सार्वजनिक गरेका छन्। मंसिर १८ गते ‘नयाँ लुगा’ नामक आफ्नो १३औँ उपन्यास विमोचन गर्न तयारी अवस्थामा रहेको प्रियासनले यसअघि ‘कालो मन’ र ‘कडी’ उपन्यास सार्वजनिक गरिसकेका छन्। प्रियासनका यसअघि नै १२ वटा उपन्यास, एक कथा संग्रह र एक सम्पादकीय […]

ताजा समाचार