सिन्धुपाल्चोककि गंगा सोनाम बनिन् नेपाल आइडल सिजन-६ को विजेता

नेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बन्न सफल भएकी छन्। आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्। विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए। त्यस्तै फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भइन्।
जुम्लामा सुन टल्काउने बहानामा ठगी : २० जना प्रहरीको नियन्त्रणमा

जुम्लाको सिञ्जा क्षेत्रमा सुन सफा गर्ने नाममा ठगी गरेको आरोपमा २० जनाको समूह प्रहरीले नियन्त्रणमा लिएको छ। हिमा गाउँपालिका–१, बड्कीका फुलथुगा शाहीले शुक्रबार दिउँसो आफ्नो कानको एक तोलाको सुनको रिङ्ग टल्काइदिने भन्दै आएको समूहले ठगेको उजुरी दिएका हुन्। सुन टल्काएपछि तौल घटेको थाहा पाएपछि उनले प्रहरीमा निवेदन दिएका थिए। जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक रविन […]
स्ववियुको आयोजनामा जुम्ला बहुमुखी क्याम्पसमा विपद प्रतिकार्य अभ्यास

“हामी विपद आउँछ भनेर सोच्छैनौं, तर नचाहँदा–नचाहँदै पनि आउँछ,” प्रहरी निरीक्षक थानेश्वर चापाईंले जुम्ला बहुमुखी क्याम्पसमा आयोजित विपद प्रतिकार्य अभ्यास कार्यक्रममा उद्घोष गर्दै भने। उनका शब्दले क्याम्पस प्राङ्गणमा उपस्थित विद्यार्थी, प्रहरी र स्थानीयलाई जीवनका अनिश्चित क्षणहरूसँग जुध्न तयार रहनुपर्ने कठोर यथार्थ सम्झाइरहेको थियो। जुम्ला बहुमुखी क्याम्पसमा स्ववियुको आयोजनामा गरिएको कार्यक्रमले शैक्षिक गतिविधिलाई मात्र होइन, समुदायको […]
डोल्पामा एक जना अज्ञात पुरुषको शव फेला

डोल्पा जिल्लाको काइके गाउँपालिका–५ सिमओडारस्थित खोला किनारमा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काका अनुसार शवको पहिचान खुलेको छैन। शवको अवस्था हेर्दा भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र विस्तृत कारण पत्ता लगाउन पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। खोला किनारमा घोप्टो […]




