लाओसमाथि नेपालको ९-० फराकिलो अन्तरको जीत, कप्तान सावित्राको ह्याट्रिक

सावित्रा भण्डारी साम्बाले कप्ताद्दी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९-० को फराकिलो जित हात पारेको छ। उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ। यसै खेलबाट नेपाली महिला टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ। नेपालको फराकिलो जितमा […]
लाओसविरुद्ध नेपाल ८–० को फराकिलो अन्तरले अगाडि

एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ५–० को अग्रता लिएको छ। नेपालका लागि रश्मि कुमारी घिसिङले गोल गर्दै ५–० को अग्रता दिलाएकी हुन्। यसअघि नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले दुई तथा अनिता बस्नेत र सरु लिम्बूले एक एक गोल गरेका थिए। पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा लगातार तीन गोल […]
पहिलो हाफमा लाओसविरुद्ध नेपाललाई २–० को अग्रता

एएफसी एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाली महिला टिमले लाओसविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ। आइतबार उज्वेकिस्तानको तास्केन्तमा जारी खेलमा नेपालबाट अनिता बस्नेत र कप्तान सावित्रा भण्डारीले गोल गरे। १२औँ मिनेटमा अनिताले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन्। यस्तै, पहिलो हाफको अन्त्यतिर कप्तान सावित्राले नेपालको अग्रता दोब्बर बनाइन्। अनिताको क्रसलाई सावित्राले हेडमार्फत […]
चन्दननाथ मन्दिरको दानपेटिका फुटाएर भेटी चोर्ने एकजना पक्राउ

जुम्लाको चन्दननाथ मन्दिरको दानपेटिका फुटाएर भेटी चोर्ने चन्दननाथ-१० का २७ वर्षीय वीरजित कामीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार साँझ पक्राउ गरिएको हो। मजदुरी गर्ने कामीले गत बिहीबार दिउँसो २:४० बजे दानपेटिकाबाट भेटी चोरेका थिए। सीसीटीभी फुटेजले अनुसन्धानमा सहयोग गरेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी रबिनबाबु रेग्मीले मन्दिरको सुरक्षालाई थप कडाइ गरिएको जानकारी […]
मुगु केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प

मुगुको जिमा केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो।
अछामको टोटकेसालमा सुदूरपश्चिम एकता सेवा समाजद्वारा राहत वितरण

सुदूरपश्चिम एकता सेवा समाजको आयोजनामा पञ्चदेवल विनायक नगरपालिका–४, टोटकेसालमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष मकर बहादुर रावलको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष हर्क बडुवाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा समाजसेवी तथा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बडुवाल, इलाका प्रहरी चौकीका प्रमुख रामबहादुर एरी, बेलखेत बजारका प्रतिनिधि, समाजसेवी […]
जुम्लाको हिमा बड्कीमा बस चालकमाथि कुटपिट, विवादका क्रममा एक यात्रुको मृत्यु

जुम्लाको हिमा गाउँपालिका–१, बड्कीमा शनिबार साँझ भएको बस चालक र स्थानीय युवाबीचको विवादले एक यात्रुको मृत्यु भएको छ। नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख ३५३३ नम्बरको बसलाई दुई युवाले जबरजस्ती रोकेर चालकमाथि कुटपिट गरेपछि भएको घटनामा मुगुको छायानाथ रारा नगरपालिका–५ का ५८ वर्षीय हरिचन्द्र कार्कीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार, साँझ करिब ७:३० […]
सहकारी भाग्दा कर्मचारीलाई तनाव, आफ्नै पैसा डुब्यो, आफन्त र साथीभाइको कचकच !

अहिले सहकारीको अवस्था छर्लङ्ग छ। सञ्चालक र अध्यक्षहरू भागाभागको अवस्थामा छन्। बचतकर्ताहरूको रुवाबासी भइरहेको छ भने कर्मचारीहरू धर्मसङ्कटमा परेका छन्। कर्मचारीहरू सबैभन्दा बढी तनावमा देखिन्छन्। आफूसँग भएको थोरै रकम भए पनि ब्याजको प्रलोभनमा मानिसहरूले सहकारीमा पैसा जम्मा गरे। कतिपयले सोही सहकारीमा जागिर पनि गरे। आफ्नो तलब पनि सहकारीकै खातामा जम्मा गर्थे। आफन्त र साथीभाइलाई पनि […]
हिमा गाउँपालिकाको तेस्रो पढाइ मेला सम्पन्न

पढाइ मेलाको तेस्रो संस्करणले हिमा गाउँपालिका शैक्षिक सुधारका निम्ति इँटा थप्ने कार्य गरेको छ भने यसले आम विद्यार्थीको क्षमताको विकास समेत गरिरहेको छ। हिमा गाउँपालिकाले आयोजना गरेको पढाइ मेला जिल्लामा भएको एक नमूना कार्य समेत हो। गाउँपालिका स्तरीय पढाइ मेलाको तेस्रो संस्करण आज सम्पन्न भएको छ। हिमा गाउँपालिका द्वारा आयोजित गाउँपालिका स्तरीय पढाइ मेला आज […]