पातारासीको धोपाघाटमा काठेपुल बग्दा ४०० घरधुरी प्रभावित

आजको लगातारको अबिरल वर्षाका कारण आज साँझ ५ बजेतिर पातारासी गाउँपालिका–२ स्थित धोपाघाटमा रहेको काठेपुल बगाएको छ। सो पुल बगाउँदा उक्त वडाका करिब ४०० घरधुरीका स्थानीयवासीहरूलाई आवतजावतमा गम्भीर समस्या उत्पन्न भएको छ। उक्त काठेपुल स्थानीय बासिन्दाहरूको दैनिक आवागमनको प्रमुख माध्यम थियो। पुल बगाएपछि विद्यालय जाने विद्यार्थी, बिरामी बोकेर अस्पताल लैजानुपर्ने अवस्था र अन्य दैनिक क्रियाकलापमा […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १५ जनाको आवेदन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १४ जनाको आवेदन परेको छ। ०८२ असार ०४ गते प्रकाशित सूचनाअनुसार तोकिएको समयभित्र प्राप्त आवेदनहरूको नामावली सार्वजनिक गरिएको हो। उपकुलपति पदका लागि आवेदन दिनेमा डा. उत्सव चापागाई, डा. एलिजा श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, डा. पवन जंग रायमाझी, डा. पुजन कुमार रोकाया रहेका छन्। त्यस्तै डा. लक्ष्मि नारायण […]
जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

जुम्ला जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। आज तिला गाउँपालिकाको कुडारीबाट चुलाकोटतर्फ ढुङ्गा ल्याउने क्रममा १ त ६४७२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। दुर्घटनामा परी तिला–५, चुलाकोटका २३ वर्षीय कामदार लोकेश बुढाको घटनास्थलमै मृत्यु भएको हो। त्यसैगरी […]
यो सहरको चीत्कार

यो सहरको दुनियाँ बेग्लै छयहीँ सहरको दुनियाँमा बसेकाहरूकोआफ्नो छुट्टै दुनियाँ छआफ्नो छुट्टै रङ्ग छआफ्नो छुट्टै कहानी छ जब यो सहरलाई क्यामेरामा कैद गरिन्छतब यो सहरको सुन्दरता, आकर्षक,लोभलाग्दो देखिन्छ, मोहलाग्दो देखिन्छरङ्गीचङ्गगी फूलहरु झैं सजिएको देखिन्छ यो सहरको अर्को नाम हो“सपनाको सहर”यो सपनाको सहरभित्र हराएकाहरुकाती कैयन सपनाहरू विपनामा परिणतभए कि भएनन् होलान्खुब सोचिरहेछु म सपना पूरा गर्न […]
यात्रा संस्मरण: प्यूठानदेखि सुपादेवी धामसम्म

सुपादेवीको महिमा नेपालभर र भारतसम्म फैलिएको छ। हामी सुपा देउरालीमा बिहान ९ बजे बाहिर निस्किसकेका थियौँ। मन्दिरभित्र बोका लिएर बलि दिनेहरूको लर्को थियो। मन्दिरबाहिर फोटो र भिडियो बनाउनेहरूको पनि उत्तिकै भिड थियो। सफा मौसम, हरियाली, सडक किनारमा रहेका विभिन्न प्रजातिका हरिया रूख-वृक्ष, विभिन्न चराहरूको चिरबिर सङ्गीतले डाँडाकाँडा र खोला-खाल्सीको सुन्दरताले हामीलाई स्वागत गरेको अनुभूति भइरहेको […]




