चन्दननाथ–६ मा एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन ‘कन्या च्याउ’ तालिम

चन्दननाथ नगरपालिका–६, जुम्लामा एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन ‘कन्या च्याउ’ उत्पादन तालिम सुरु भएको छ। सातदिने यो तालिमले महिलाहरूलाई व्यावसायिक च्याउ खेतीको सीप सिकाएर आर्थिक सशक्तिकरण गर्ने लक्ष्य राखेको छ। तालिमको उद्घाटन नगर उपप्रमुख रादेवी खड्काको प्रमुख आतिथ्यमा भएको थियो। सामाजिक विकास कार्यालयका प्रमुख टोप बहादुर बुढा विशेष अतिथि र वडा अध्यक्ष रवि थापा सभाध्यक्ष थिए। […]
सामाजिक सञ्जालमा खुरापातीको लहर

पछिल्लो समय झूटा समाचार, व्यक्तिगत आक्रमण, नकारात्मक हल्ला र अनावश्यक विवाद सिर्जना गर्ने प्रवृत्ति बढ्दो छ। यस्ता गतिविधिहरूलाई सामाजिक सञ्जालमा ‘ट्रेन्डिङ’ वा ‘रमाइलो’को नाममा प्रोत्साहन गरिन्छ, जसले गलत सूचना फैलाउन र समाजमा भ्रम सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्छ। आजको डिजिटल युगमा सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अंग बनेको छ। फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले सूचना […]
सरकार ! यातायात व्यवसायीलाई कारबाही गर

निर्माण व्यवसायीले सडक बनाएको भुक्तानी नपाएर रुँदै हिँडेका छन्। तर, यातायात व्यवसायीले सो सडकमा राज गरिरहेका छन्। यातायात व्यवसायीको दादागिरीदेखि जनता आजित छन्। नेपालीमा एउटा उखान छ, ‘जो चोर, उसैको ठूलो स्वर।’ यातायात व्यवसायीले आजदेखि घोषणा गरेको अनिश्चितकालीन आन्दोलन सो उखानसँग मेल खान पुगेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले […]