जुम्लामा वैज्ञानिक अनुसन्धान र परियोजना निर्माण सम्बन्धी तालिम सुरु

तालिममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक, अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी र जिल्लाका विभिन्न विद्यालयका विज्ञान शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो। तालिमले परियोजना प्रस्ताव लेखन, अनुसन्धान डिजाइन र अनुदान प्राप्तिको प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गरेको छ। जुम्लामा बौद्धिक र वैज्ञानिक चेतनाको दीप प्रज्वलन गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट), काठमाडौँको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान […]
जुम्लामा जलन उपचार र स्वास्थ्यकर्मी दक्षता वृद्धिका लागि त्रिपक्षीय समझदारी

सुष्मा कोइराला स्मृति अस्पताल, इन्टरप्लास्ट–नेपाल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबीच जलन र त्यसपछिका जटिलताका बिरामीको गुणस्तरीय उपचार तथा स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिफारिस गरेका बिरामीलाई सुष्मा कोइराला स्मृति अस्पतालमा निःशुल्क उपचार प्रदान गरिनेछ। प्रतिष्ठानका चिकित्सक र स्वास्थ्यकर्मीलाई सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइनेछ। कर्णाली स्वास्थ्य […]
जुम्लामा बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया 5Shares जुम्लाका पाँच स्थानीय तहसँग बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल जुम्लाको आयोजनामा सोमबार चन्दननाथ नगरपालिका, तिला, तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग छलफल भएको हो। कार्यक्रममा बालमैत्री स्थानीय शासनले बालबालिकाको […]
जुम्लामा बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया

जुम्लाका पाँच स्थानीय तहसँग बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल जुम्लाको आयोजनामा सोमबार चन्दननाथ नगरपालिका, तिला, तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग छलफल भएको हो। कार्यक्रममा बालमैत्री स्थानीय शासनले बालबालिकाको अधिकार र कर्तव्यमात्र नभई स्थानीय विकास र सुशासनलाई मूलप्रवाहीकरण […]
कविता : तस्बिर झैँ लाग्छ

जिन्दगीका ती अनेकन चाहनासोचिएका ती अनेकन सपनाकहिले रहरै रहरमा जुर्मुराउँछन्कहिले विवशतामा हराउँछन् जसरी,आज एउटा तस्बिर सजाइन्छदुईचार दिनमा अर्को तस्बिर देखाइन्छजसरी तस्बिरहरूको लस्कर हुन्छत्यस्तै लस्कर छन् सपना र चाहनाका आफ्नै तस्बिर बीचमा पनि प्रतिस्पर्धा छ, तस्बिर झैँ सपनाको पनि प्रतिष्पर्धा छ ! जिन्दगीका अनेक मोडहरू छन्सपनाका अनेक पदचापहरू छन्चाहनाका अनेक शृङ्खलाहरू छन्रहरका अनेक शिखरहरू छन्चुनौतीका भिषण चट्टानहरू […]
विकटताको आँसु, कर्णाली

कर्णालीमा थुप्रै कच्चा पदार्थका खानीहरू छन्, तर तिनको खोज, अनुसन्धान र उत्खननमा कसैको चासो देखिँदैन। मुलुकमा तीव्र सूचना प्रविधिको विकास र विस्तार भए तापनि कर्णालीमा सामान्य टेलिफोन सञ्चारको सुविधाबाट वञ्चित हुनुपरेको छ। कर्णाली प्रदेश राज्यबाट कति अपहेलित छ भन्ने कुरा त्यहाँको विकासको स्तर हेरेर थाहा पाउन सकिन्छ। कर्णालीलाई दुर्गम क्षेत्रको रूपमा हेर्ने आम जनमानसको बुझाइ […]
सम्जोङ गाउँ र सगरमाथा संवाद: जलवायु सङ्कट र अन्यायको मौन साक्षी

अन्ततः, सन् २०१५ मे महिनामा १८ घरपरिवारका ८६ जना बासिन्दाले आफ्नो पुर्ख्यौली गाउँ छोडेर ११ किलोमिटर टाढा नामासुङमा बसाइँ सर्नुपर्यो। यो केवल घर छोड्ने कुरा थिएन, यो त पुर्खाहरूको सम्झना र पहिचान छोड्ने बाध्यता थियो। यो विस्थापन केवल भौगोलिक स्थानान्तरण होइन, एउटा सांस्कृतिक, सामाजिक र भावनात्मक विच्छेदको कथा हो। एक वृद्धले भनेझैँ, “पुरानो घरले आत्मा […]
नेपाल बुद्धिजीवी परिषद् जुम्लाको छैठौं जिल्ला अधिवेशनबाट डिल्लीबहादुर थापाको अध्यक्षतामा नयाँ समिति

नेकपा (एमाले) सम्बद्ध नेपाल बुद्धिजीवी परिषद् जुम्लाको छैठौं जिल्ला अधिवेशनबाट डिल्लीबहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ। अधिवेशनले परिषद्को संगठनात्मक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हैजाली योगी, सचिवमा मेघराज बुढा, सहसचिवमा दीपक खत्री र कोषाध्यक्षमा रुपा भट्टराई चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा […]





