दैलेखमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि कार्यपालिका सदस्य दयाराम विकले वडाको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए। दैलेखको आठबीस नगरपालिका वडा नं. ६ को कार्यालयले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा वडा कार्यालयले हालसम्म गरेका कार्यहरूको समीक्षा गर्दै आगामी योजनाहरूबारे छलफल भएको थियो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष नवराज शर्माले गरेका थिए। उनले वडामा राम्रा […]
आन्दोलनको नाममा सडक कब्जा गरेर शिक्षकहरूको रमिता, सरकार निरीह, जनता भोग्दै दु:खकष्ट!

अहिले आन्दोलनका कारण कोटेश्वरदेखि थापाथलीसम्म निकै जाम हुने गरेको छ। सडकमै शिक्षकहरू नाचगान गर्छन्, दोहोरो खेल्छन्। कोही शिक्षक आफूलाई फिल्मी हिरो ठान्दै टिकटक बनाइरहेका हुन्छन्। आम सर्वसाधारणले प्रधानमन्त्री र गृहमन्त्रीसँग माग गर्छन्, ‘काठमाडौंको माइतीघरमा निषेधाज्ञा जारी गर्नुपर्यो।’ केही समययता राजधानीमा विभिन्न समूहले आन्दोलन गरिरहेका छन्। अहिले माइतीघर–बबरमहल सडकखण्डमा दिनहुँ शिक्षकहरूको आन्दोलन हुन्छ। जसका कारण आम […]
जीवन र मृत्युको दोसाँधमा जुम्लाका हरिचन्द्र बुढा: आर्थिक अभावले काठमाडौं पुग्न नसकेर समस्या बढ्दै

हरिचन्द्रको फोक्सोमा बनेको सिस्टले उनलाई खोकी, सास फेर्न गाह्रो र थकान जस्ता समस्याले ग्रस्त बनाएको छ। डाक्टर थापाका अनुसार, समयमै उपचार नभए यो सिस्ट फुट्न सक्छ, जसले उनको जीवनलाई थप जोखिममा पार्नेछ। जुम्लाको गुठीचौर गाउँपालिका–२ का हरिचन्द्र बुढा अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसीयुमा जीवन र मृत्युको दोसाँधमा छन्। उनको फोक्सोमा पानी जमेको छ […]