बिहीबार, १७ बैशाख, २०८३

गिडीदहमा टेलिफोन सेवा विस्तार गर्न माग

पर्यटनलाई आधुनिक संसारसँग जोड्न आवश्यक टेलिफोन र इन्टरनेट सुविधा नहुँदा, गिडीदहको पर्यटकीय प्रवर्द्धनमा बाधा पुर्‍याइरहेको स्थानीयबासी र सरोकारवालाहरू बताउँछन्। जुम्लाको आकर्षक पर्यटकीय गन्तव्य, गिडीदह, अहिले चर्चा बटुल्दै छ। समुद्री सतहदेखि ३,४८५ मिटर उचाइमा अवस्थित यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक महत्त्वले भरिपूर्ण छ। तर, त्यहाँको बढ्दो पर्यटकीय चहलपहलसँगै आधारभूत पूर्वाधारको अभावले यो क्षेत्रको […]

निर्वाचनमा दलित समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग

दलितका लागि दलित अभियान, नेपाल’ का संयोजक सगेन्द्र सुनारका अनुसार संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न आयोग र सरोकारवाला निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने समय आएको छ। संविधानले दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने स्पष्ट प्रावधान भए पनि निर्वाचन प्रणालीमा यसको पूर्ण कार्यान्वयन नभएको भन्दै ‘दलितका लागि दलित अभियान, नेपाल’ ले आवाज उठाएको छ। निर्वाचन आयोगले तयार […]

शिक्षक उत्प्रेरणा गुणस्तर सुधारको अर्को उपाय

सार्वजनिक शिक्षा -२ शिक्षकहरूको योगदान, सरकारी अनुदानको उचित वितरण र योजनाबद्ध पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सकिएमा मात्र शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार सम्भव छ। शैक्षिक गुणस्तर सुधार्ने प्रयासले कुनै पनि समाजको प्रगति र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। पछिल्लो समयमा स्थानीय तहकाहरूले यस क्षेत्रमा केही कदम चालिरहेका छन्। तथापि, हाम्रो समुदायजस्तो आर्थिक, सामाजिक र भौगोलिक रूपमा पिछडिएको […]

ताजा समाचार