रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको छ। सहकारीको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरमार्फत काठमाडौं ल्याइएको हो। उनलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सो सहकारीको […]
गृह मन्त्रालयद्वारा गुनासो सुनुवाई कक्ष स्थापना

उनले गुनासो कक्षबाट मन्त्रालय र अन्तर्गतका निकायमार्फत प्रवाह हुने सेवा सम्वन्धी गुनासो विभिन्न माध्यम र प्रक्रियाबाट राख्न सकिने जानकारी दिए। गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी मुलुकको शान्ति सुव्यवस्था, […]
कनकासुन्दरीमा स्वास्थ्य शिविर सम्पन्न, ४८५ जनाले सेवा लिए

हाट्सिजा स्वास्थ्य चौकी र बुम्रमाडीचौर स्वास्थ्य चौकीमा आयोजित शिविरबाट ४८५ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार र समुदायलाई नजिकबाट सेवा दिनका लागि आयोजित दुई दिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा कृडाक नेपाल र क्याड नेपालको सहकार्यमा मंसिर ११ र १२ […]
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका प्रतिनिधिमण्डल तथा एजेन्डाबारे निर्णय गर्ने सम्भावना छ। प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन प्रस्थान […]
जलवायु परिवर्तन: मानव स्वास्थ्य र पृथ्वीको भविष्यका लागि सबैभन्दा ठूलो चुनौती

जलवायु परिवर्तनका कारण बाढी, चर्को गर्मी, समुद्री सतहको वृद्धि, वायुप्रदूषण र रोगहरूको प्रकोप जस्ता समस्या देखिएका छन्। यदि तत्काल प्रभावकारी कदमहरू चालिएन भने, यो चुनौती अझ विकराल बन्दै जानेछ। जलवायु परिवर्तन हाम्रो युगको सबैभन्दा गम्भीर समस्या हो। जसले मानव स्वास्थ्य, वातावरणीय सन्तुलन र आर्थिक स्थायित्वलाई ठूलो चुनौती दिइरहेको छ। जलवायु परिवर्तन भनेको पृथ्वीको औसत तापक्रममा […]
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि आज रातिदेखि सुरु हुँदै

मौन अवधिको समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ। मौन अवधिको […]
बिहीबारको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ३६ पैसा, युके पाउण्ड […]