सोमबार, ८ पुष, २०८१

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विगतमा कर्णालीबारे निर्माण गरिएका भाष्य बदल्ने मियो हो

निर्धक्क भन्न सकिने अवस्था छ, कर्णाली प्रदेशभरी स्वास्थ्य आपत आइपर्दाको भरोसा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो भनेर। कोभिड -१९ को कहाली लाग्दो विगतमा यस प्रतिष्ठानले दिएको सर्वोकृष्ट सेवा स्मरण योग्य छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पछि सबैभन्दा बढी पीसीआर परिक्षण गर्ने संस्थाको रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ज भयो। सम्माननीय प्रधानमन्त्री, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उन्नतिका लागि सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले विगतमा अत्यन्तै कठिनाइपूर्ण क्षेत्र मानिएको कर्णालीमा आज विशेषज्ञ चिकित्सक उत्पादन गर्ने क्षमताको विकास हुनु र स्वास्थ्य सेवा पुर्‍याउने अवस्थामा आउनु गर्वको विषय रहेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको विकास र विस्तारलाई सरकारको प्राथमिकतामा राख्दै कर्णाली क्षेत्रको स्वास्थ्य सेवामा गुणस्तर र पहुँच विस्तार गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता […]

कर्णालीबाट ५८ जना होइन ५८० जना दीक्षित हुने दिन आउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५८ जना विद्यार्थी मात्रै नभएर भविष्यमा ५८० भन्दा बढी स्वास्थ्यकर्मी दीक्षित हुने दिन आउनुपर्ने मन्त्री पौडेलको भनाई छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै सम्पन्न प्रथम दीक्षान्त समारोहमा स्वास्थ्य मन्त्री प्रदिप पौडेलले कर्णालीको स्वास्थ्य सेवामा ठूलो सुधार र प्रतिबद्धता व्यक्त गरे। उनले भने, “कर्णालीबाट ५८ जना होइन, ५८० जना दीक्षित हुने दिन […]

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह: ५८ विद्यार्थी दिक्षित, ५ जनालाई स्वर्ण पदक प्रदान

स्वर्ण पदक पाउने उत्कृष्ट विद्यार्थीहरूमा बि.एम.एस. तर्फ रेणु कुमारी सिंह (२०१९), सिर्जना न्यौपाने (२०२०), बिपिएच तर्फ दिपेन्द्र जोशी (२०१९), सुशील शाही (२०२०), र एम.डी./एम.एस. तर्फ बेद कुमार चौधरी (२०२१) रहेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विशेष उल्लासपूर्ण वातावरणमा प्रथम दीक्षान्त समारोह सम्पन्न भएको छ। प्रतिष्ठानको स्थापना भएको डेढ दशकपछि आयोजित यस विशेष समारोहमा ५८ […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह सुरु

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीका अनुसार, स्नातकतर्फ बिपिएचमा ३८, बिएमएसमा १३, र स्नातकोत्तरतर्फ एमडीजीपी, एमडी एनेस्थेसिया, र एमडी पेडियाट्रिक्समा ७ विद्यार्थी दीक्षित हुने तयारीमा छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सुरु भएको छ। प्रतिष्ठानको यो ऐतिहासिक समारोहले कर्णाली प्रदेशको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा नयाँ उचाइ दिन अपेक्षा गरिएको छ। यसअघि […]

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन 

बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा भाग लिन जुम्ला पुगेका प्रधानमन्त्री ओलीले  प्रशासनिक भवन उद्घाटन गरेका हुन। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको स्वास्थ्य सेवामा ऐतिहासिक योगदान पुर्‍याउने अपेक्षा गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन्।  बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा भाग लिन जुम्ला पुगेका प्रधानमन्त्री […]

ज्ञानेन्द्र शाहीद्वारा कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ज्ञानेन्द्र शाहीद्वारा प्रस्तुत ज्ञापनपत्रले कर्णालीको दुरावस्थामा सुधार ल्याउन प्रधानमन्त्री र सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै तत्काल आवश्यक कदम चाल्न जोड दिएको छ। कर्णालीको विकास र समृद्धिका लागि प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक, ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिलाई १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्। शाहीले संविधान जारी भएको दशक बितिसक्दा […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा दीक्षित हुने ५८ जना विद्यार्थीहरु

स्नातकतर्फ ३८ जना बीपीएच, १३ जना बीएमएस र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी दीक्षित हुनेछन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक ५८ विद्यार्थीलाई दीक्षित हुँदैछन्। प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बुधबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुँद‌ैछ। जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्रका स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका […]

ताजा समाचार