आईतवार, १ चैत्र, २०८२

सुरक्षित यात्रा कर्णालीबासीहरूको अधिकार हो, तर राज्यले अझैसम्म संवेदनशील बनेन; पूर्व सांसद महत

कर्णाली राजमार्गमा हुने दुर्घटनाले मानवीय क्षतिका साथसाथै कर्णालीका जनतामा डर, त्रास र असहायपनको मनोविज्ञान पनि सृजना गरिरहेका छन्। दुर्घटनापछि भइरहने उपचारको ढिलासुस्ती, आवश्यक पूर्वतयारीको अभाव र उद्धार प्रणालीको कमजोरीले अवस्था झन् जटिल बनाइदिन्छ।

कर्णाली राजमार्ग बारम्बार दुःखद दुर्घटनाको साक्षी बन्ने गरेको छ। शुक्रबार बिहान जुम्लाबाट सुर्खेततर्फ गइरहेको फोर्स गाडी कालिकोटको टाकुल्ला र शेराबाडाको बीचमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भए।

तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। गाडी तिला नदीमा खसेको थियो। अहिले सबै घाइतेहरूको उपचार कालिकोट अस्पतालमा भइरहेको छ।

घटनापछि सामाजिक सञ्जालमार्फत पुर्व सांसद गजेन्द्र बहादुर महतले गहिरो दुःख व्यक्त गर्दै संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई तिव्र ध्यानाकर्षण गराएका छन्।

पुर्व सांसद महतले फेसबुकमार्फत लेख्दै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र गम्भीर अवस्थाका घाइतेलाई तत्काल काठमाडौं ल्याएर उपचार गरिनुपर्ने माग राखेका छन्।

उनले घटनाको कारणलाई विश्लेषण गर्दै गाडी दुर्घटना हुनुमा सडक संरचना, प्रविधि, चालक, र प्रशासनिक कमजोरीलाई प्रमुख दोषी मानेका छन्।

उनका अनुसार दुर्घटना हुने प्रमुख कारणहरूमा तीव्र गतिमा गुड्ने गाडी, सडकको छेउछाउमा पर्याप्त सुरक्षा व्यवस्था नहुनु, जुम्लामा सञ्चालन हुने गाडीहरू अत्यन्तै पुराना हुनु, सडक साँघुरा हुनु, निरन्तर वर्षाका कारण सडक चिप्लो र खतरनाक बन्नु, र दक्ष चालकको अभाव हुनुजस्ता कुराहरू पर्छन्।

उनले भनेका छन्, “कर्णाली राजमार्ग सञ्चालनमा आएको सुरुका दिनदेखि नै यस्ता दुर्घटनाहरू भइरहेका छन्, तर कुनै सरकारको ध्यान गम्भीर रूपमा गएको देखिँदैन।”

महतका अनुसार राज्यले कर्णालीलाई निरन्तर उपेक्षा गर्दै आएको छ। जसको प्रत्यक्ष प्रमाण यस्ता दुर्घटनाहरू र त्यसपछि गरिने औपचारिक मौनता हुन्। उनले सडक सुरक्षाको समग्र पुनरावलोकन गर्दै तत्कालीन उपायहरू अवलम्बन गर्न सरकारलाई आग्रह गरेका छन्।

उनका अनुसार, सुरक्षित यात्रा कर्णालीबासीहरूको अधिकार हो, तर राज्यले अझैसम्म उक्त अधिकार सुनिश्चित गर्न सकेको छैन। कर्णालीको भौगोलिक बनावट जटिल र जोखिमपूर्ण छ। स-साना त्रुटिहरूले ठूला दुर्घटनाको रूप लिने सम्भावना यहाँ निकै उच्च हुन्छ।

यस्ता दुर्घटनाले मानवीय क्षतिका साथसाथै कर्णालीका जनतामा डर, त्रास र असहायपनको मनोविज्ञान पनि सृजना गरिरहेका छन्। दुर्घटनापछि भइरहने उपचारको ढिलासुस्ती, आवश्यक पूर्वतयारीको अभाव र उद्धार प्रणालीको कमजोरीले अवस्था झन् जटिल बनाइदिन्छ।

पूर्व सांसद महतले संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारलाई मिलेर दीर्घकालीन योजना बनाउने, सडक सुरक्षाका मापदण्डहरू पुनः निर्धारण गर्ने र गम्भीर कदम चाल्न आग्रह गरेका छन्। खासगरी घाइतेको अवस्थालाई लिएर उनले भने, “घाइतेहरूलाई तत्काल काठमाडौं लगेर उपचार नगर्ने हो भने थप जटिलता उत्पन्न हुन सक्छ।”

कर्णालीका जनता वर्षौंदेखि दिगो विकासको प्रतीक्षा गरिरहेका छन्, तर जब सडक नै सुरक्षित छैन, तब कुनै पनि विकासको आधारभूत पूर्वाधार अधुरो रहने उनको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार