बुधबार, ३२ असार, २०८२

परिक्षा हलभित्र कपि साटासाट, परीक्षार्थीको गुनासो : “एक विद्यार्थीलाई धम्की “

उनले परीक्षा केन्द्रमा केही विद्यार्थीमाथि पक्षपातपूर्ण व्यवहार गरेको आरोप पनि लगाएकी छन्। “चिनेको विद्यार्थीलाई चिट दिइन्थ्यो, बाहिर लेख्न लैजानेसम्म गरिन्थ्यो। गार्ड पनि आफन्तैजस्तो व्यवहार गर्ने, बाँकी सबैलाई हेपाहा व्यवहार गर्ने,” उनको भनाइ छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत बि.बि.एस तेस्रो वर्षको परीक्षामा सहभागी एक परीक्षार्थीले परीक्षा हलमा देखिएको लापरवाही र अनैतिक व्यवहारको कडा विरोध गरेकी छन्। बर्दिवास जनता बहुमुखी क्याम्पसका एक विद्यार्थी (नाम नखुलाइएको ) क्याम्पस जनकपुरस्थित परीक्षा केन्द्रमा खुलेआम कपि साटासाट भएको, आफूले चेतावनी दिए पनि आफ्नै उत्तरपुस्तिका अरूलाई सार्न दिइएको आरोप लगाएकी हुन्।

“ट्याक्सको दिन प्रश्न सजिलो थियो, तर समय व्यवस्थापन गर्न सकिनँ। त्यसैले केही उत्तर अधुरो रह्यो,” उनले भनिन्, “तर सबैभन्दा ठूलो पीडा त अन्तिम परीक्षा ‘फाइनान्स’मा भयो, जहाँ मैले स्पष्ट रूपमा मेरो उत्तरपुस्तिका नदिनू भनेर भनेकी थिएँ। तर त्यो पनि मेरो अनुमति बिना साटिएको रहेछ।”

परीक्षार्थीका अनुसार, परीक्षा नियन्त्रकले कपि नम्बर लेख्ने ठाउँ च्यातिए पनि सान्त्वना दिएर नदिन भनेको उत्तरपुस्तिका अन्ततः अर्को विद्यार्थीलाई दिएको देखिएको छ। उनले थप भनिन्, “मेरो बेन्चपार्टनरले मेरो कपि हेरेर फुल उत्तर सार्न भ्यायो। यदी त्यसले मेरा उत्तरहरू जसरी पनि सरेर लग्यो भने, त्यसको असर मेरो नतिजामा पर्ने निश्चित छ।”

उनले परीक्षा केन्द्रमा केही विद्यार्थीमाथि पक्षपातपूर्ण व्यवहार गरेको आरोप पनि लगाएकी छन्। “चिनेको विद्यार्थीलाई चिट दिइन्थ्यो, बाहिर लेख्न लैजानेसम्म गरिन्थ्यो। गार्ड पनि आफन्तैजस्तो व्यवहार गर्ने, बाँकी सबैलाई हेपाहा व्यवहार गर्ने,” उनको भनाइ छ।

परीक्षार्थी उक्त विद्यार्थीले राजर्षि जनक बहुमुखी क्याम्पस जनकपुरको परीक्षा प्रणालीमा देखिएको गैरजिम्मेवारी, भेदभावपूर्ण व्यवहार र उत्तरपुस्तिका व्यवस्थापनको खारेजीका लागि छानबिन माग गरेकी छन्। उनले प्रश्न उठाएकी छन् “यति सजिलो प्रश्न आउँदा पनि यदि समय व्यवस्थापन र लापरवाहीका कारण म प्रभावित भएँ भने त्यसको जिम्मेवारी कसले लिन्छ?”उनले बताइन् ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार