बुधबार, ३२ असार, २०८२

त्रिविको ६६औं स्थापना दिवस जुम्ला बहुमुखी क्याम्पसमा सम्पन्न, स्ववियु सभापतिको असन्तुष्टि

स्ववियु उपाध्यक्ष तथा अन्य पदाधिकारीहरूले पनि क्याम्पस प्रशासनले कार्यक्रम सञ्चालन गर्दा समन्वय नगरेकोप्रति आक्रोश जनाएका छन्।

त्रिभुवन विश्वविद्यालयको ६६औं स्थापना दिवसको अवसरमा जुम्ला बहुमुखी क्याम्पसमा विशेष कार्यक्रम आयोजना गरी उत्साहपूर्वक मनाइएको छ। विविध सांस्कृतिक प्रस्तुति, वक्तव्य तथा सम्मान कार्यक्रमहरूका साथ स्थापना दिवस भव्य रूपमा सम्पन्न भएको हो।

तर, उक्त कार्यक्रमप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापति लोकेन्द्र बुढाले गम्भीर असन्तुष्टि जनाएका छन्। सभापति बुढाका अनुसार क्याम्पस प्रशासनले विद्यार्थी प्रतिनिधि संस्था  स्ववियुलाई पूर्णतः बेवास्ता गर्दै मनपरी ढंगले कार्यक्रम सञ्चालन गरेको छ।

उनले भने, “क्याम्पस प्रशासनले स्ववियुलाई जानकारी नै नदिई कार्यक्रम अघि बढाएको छ, जुन एकतर्फी र अस्वीकार्य व्यवहार हो। यस्ता गतिविधिले विद्यार्थीको आत्मसम्मानमा चोट पुग्छ र समावेशी शैक्षिक वातावरण निर्माणमा बाधा पुर्‍याउँछ।”

विश्वविद्यालय स्थापनाको ६६औं वर्षगाँठजस्तो ऐतिहासिक अवसरमा समेत स्ववियुसँ समन्वय नगरिनु दुःखद भएको भन्दै उनले प्रशासनप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। साथै, उनले भविष्यमा यस्ता व्यवहार दोहोरिन नदिन प्रशासनलाई चेतावनीसमेत दिएका छन्।

त्यस्तै, स्ववियु उपाध्यक्ष तथा अन्य पदाधिकारीहरूले पनि क्याम्पस प्रशासनले कार्यक्रम सञ्चालन गर्दा समन्वय नगरेकोप्रति आक्रोश जनाएका छन्। विद्यार्थी प्रतिनिधिहरूसँग छलफल नगरी गरिएको यस्ता गतिविधिले विद्यार्थीको अधिकार र सहभागितालाई कमजोर बनाउने उनीहरूको भनाइ छ।

स्ववियु टिमले आगामी दिनमा विद्यार्थीको हकहितका लागि आवश्यक कदम चाल्ने जनाउँदै यस्ता घटनाको विरोधमा उभिने चेतावनीसमेत दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार