डा. मंगल र उहाँको टिमसँग तपाईंहरूका लागि एउटा महान् नेतृत्वकर्ता हुनुहुन्छ र प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री र अन्य प्रतिष्ठित महानुभावहरू यहाँ तपाईंहरूको सफलतालाई उत्सवको रूपमा सम्मान गर्न उपस्थित हुनुहुन्छ।
सम्माननीय प्रधानमन्त्री, प्राध्यापकहरू, स्नातकहरू, परिवारजन तथा मित्रहरू,
नमस्ते र बधाई छ!
आज यहाँ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा उपस्थित हुन पाउँदा म अत्यन्त सम्मानित महसुस गरिरहेकी छु। यो प्रतिष्ठानका स्नातकहरू, प्राध्यापकहरू र कर्मचारीहरू मात्र नभई सम्पूर्ण नेपालको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धिको क्षण हो।
सर्वप्रथम, हामीलाई यो ऐतिहासिक दिनसम्म ल्याउने दूरदर्शिता, नेतृत्व र समर्पणका लागि केही महानुभावहरूलाई म आफ्ना तात्तातो शुभकामना र बधाई दिन चाहन्छु। सम्माननीय प्रधानमन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति, केपी शर्मा ओलीज्यू, तपाईंले नेपालका दुर्गम क्षेत्रहरूमा स्वास्थ्य पहुँच पुगाउनु भएको छ भने शिक्षा सुधार्न गर्नुभएको गहिरो प्रतिबद्धताले उज्ज्वल र स्वस्थ भविष्यको आधार तयार पारेको छ।
साथै, म यहाँ उपस्थित माननीय स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, चिकित्सा शिक्षा आयोगका निर्देशक र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अन्य कार्यकारीहरूलाई पनि कृतज्ञता व्यक्त गर्न चाहन्छु।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहुँच अब कर्णाली प्रदेशका सबै दस जिल्लासम्म फैलिएको छ। विगतका वर्षहरूमा प्रतिष्ठानले सेवा, शिक्षा र अनुसन्धानमा गरेको उल्लेखनीय प्रगतिले यस क्षेत्रका मानिसहरूका स्वास्थ्य र कल्याणमा गहिरो प्रभाव पारेको छ। विशेषगरी कर्णालीमा एक समय स्वास्थ्य सेवा अत्यन्त न्यून थियो। अहिलेको यो प्रगतिले त्यस्ता धेरै व्यक्तिको जीवन बचाएको छ। जो अन्यथा आवश्यक स्वास्थ्य सेवा पाउने अवस्था थिएन। तपाईंहरूले यस महत्त्वपूर्ण यात्रामा योगदान गर्नुभएको छ र हामी तपाईंहरूलाई यसका लागि धन्यवाद दिन चाहन्छौं।
स्नातकहरूलाई
तपाईंहरूले यस्तो उपलब्धि हासिल गर्नुभएको छ जुन धेरै थोरै व्यक्तिले मात्र गर्न सक्छन्। तपाईंहरूले कडा मेहनत गर्नुभयो, अनि तपाईंहरूले आफ्ना अभिभावक वा परिवारलाई डराउने घटना पनि देख्नुभयो होला। तपाईंहरूले यस यात्रामा गहिरो मित्रता पनि स्थापित गर्नुभयो।
तपाईंहरू अब समानताको नेतृत्वकर्ता हुनुहुन्छ। ग्रामीण स्वास्थ्यप्रति तपाईंहरूको प्रतिबद्धताका कारण तपाईंहरूले कर्णालीमा शिक्षा लिने भनेर रोज्नुभयो। जो अधिकांश देशहरूको लागि सबैभन्दा ठूलो समानताको मुद्दा हो। तपाईंहरूलाई यहाँको समयबाट एउटा “सुपरपावर” प्राप्त भएको छ। मैले मेरो जीवनमा आफ्नो “सुपरपावर” प्रयोग गरेँ र सधैं गरिब समुदायमा सार्वजनिक स्वास्थ्य सेवामा काम गरें।
आज तपाईंहरू विगत र भविष्य दुबैलाई हेर्दै हुनुहुन्छ। आजदेखि तपाईंलाई जीवनमा आफ्नो दिशा रोज्ने विशेषाधिकार प्राप्त भएको छ। आफ्नो बाटो रोज्नु भनेको तपाईंका धेरै कुराहरू निर्धारण गर्नु हो। हामी स्वास्थ्यकर्मीहरूलाई, डाक्टरहरू, नर्सहरू र स्वास्थ्य सेवामा लागेका सबैलाई, मानिसहरूलाई मद्दत गर्न मन पर्छ। अब तपाईंले भविष्यमा कहाँ, कसलाई मद्दत गर्ने भन्ने आफ्नो निर्णय कसरी गर्ने भन्ने कुरा छ।
एक तरिका तपाईंले आफ्नो विरासत के हुनुपर्छ भनेर विचार गर्नु हो। सय वर्षपछि, जब तपाईं चिनेका सबै जना बितिसकेका हुनेछन् र तपाईंका नातिनातिनीहरू पाका भइसकेका हुनेछन्। त्यो समयमा तपाईंको विरासत के हुनेछ? तपाईंको जीवनको चिह्न के हुनेछ?
मैले पनि यो प्रश्न आफैंलाई सोधें र मेरो विरासत तीन क्षेत्रमा रहने निर्णय गरें। एक, मेरा बच्चाहरू, जसप्रति म धेरै गर्व गर्छु। उनीहरू असल मानिस हुन्, दयालु, हँसिला र विचारशील छन्। उनीहरू पनि सहयोग गर्नेछन्।
मेरा विरासतको दोस्रो हिस्सा ती परिवारहरू हुन् जसलाई मैले जिपी (जर्नल प्राक्टिसनर) को रूपमा मद्दत गरेँ। म एक सामुदायिक स्वास्थ्य केन्द्रमा ३० वर्षसम्म जिपीको रूपमा काम गरें र त्यहीँ २५ वर्षभन्दा बढी समयसम्म एउटै समूहका परिवारहरूको हेरचाह गरें। ती अब मेरो परिवार जस्तै बनेका छन्। र तिनीहरूका सन्तानहरूले मेरो नाम थाहा नपाए पनि उनीहरूका आमा-बुबा, हजुरबा-हजुरआमाहरूलाई मैले दिन गरेको समयको विरासत हुनेछ।
हामी ठूला र साना तरिकामा जीवन बचाउँछौं र परिवारहरूलाई समृद्ध बनाउन मद्दत गर्दछौं। तपाईंले यो कुरा यहाँ जुम्लामा आफ्नो समयमा देख्नुभएको छ। यो समुदायलाई तपाईंहरूको सफलतामा सहभागी हुन आवश्यक छ। यहाँका सन्तानहरूको भविष्यको लागि तपाईंहरूको मद्दत अहिले आवश्यक छ।
मेरो तेस्रो प्राथमिकता मेरो सेवामा छ, जुन मैले मेरो जीवनको अन्य कामहरूको रूपमा गरेको छु। मसँग धेरै उच्च पदहरू छन् र एउटा प्रसिद्ध विश्वविद्यालयमा काम गर्ने विशेषाधिकार पनि छ। तर सय वर्षपछि मानिसहरूले मेरा पेपर वा भाषणहरूको बारेमा सम्झने छैनन्। मेरा समुदायप्रति गरेको सेवाले भने पुस्तौंसम्म प्रभाव पार्नेछ।
नेपालको एक पुरानो र धनी संस्कृति छ, जुन तपाईंहरूजस्ता नेताहरूको सहयोगमा निर्माण भएको हो।
यो हप्ता म तपाईंको सुन्दर देश भ्रमणमा छु – रारा ताल, ख्वारे, धुलिखेल र जुम्ला। यहाँ धेरै समृद्धि र सम्भावना छ। तपाईं यसको हिस्सा बन्न सक्नुहुन्छ। विकल्प तपाईंहरूको हो।
तपाईंको जीवनलाई आफ्नो देशको सांस्कृतिक धागोमा बुन्ने अवसर एक स्थायी र सुन्दर विकल्प हो। हार्वर्ड र अन्य संस्थाहरू, जस्तै वन हार्ट वर्ल्डवाइडका बोर्ड अफ डाइरेक्टर्सको बहुमत, यहाँ जुम्लामा तपाईंको साथमा छन्। हामीलाई थाहा छ कि तपाईंको समानताको “सुपरपावर” प्रयोग गर्ने निर्णय सुरुमा कठिन लाग्न सक्छ।
मानिसहरूले तपाईंलाई “किन?” भन्ने प्रश्न गर्न सक्छन् जब तपाईं आफ्नो निर्णय बताउनुहुन्छ। तपाईं तिनलाई हेरिराखेर भन्न सक्नुहुन्छ, “किनभने त्यही नै मेरो मद्दतको सबैभन्दा ठूलो आवश्यकता हो।” यहाँ उपस्थित डा. अनिल श्रेष्ठ, जो ४० वर्षअघि जुम्लामा आफ्नो प्रशिक्षण गर्न आउनु भएको थियो । उहाँको जीवन यो अनुभवले सधैंको लागि परिवर्तन गरिदियो। जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उहाँलाई जीवनको कार्य क्षेत्र तिनलाई सबभन्दा आवश्यक परेका मानिसहरूलाई मद्दत गर्ने हो भन्ने कुरा बुझ्न मद्दत गर्यो।
डा. मंगल र उहाँको टिमसँग तपाईंहरूका लागि एउटा महान् नेतृत्वकर्ता हुनुहुन्छ र प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री र अन्य प्रतिष्ठित महानुभावहरू यहाँ तपाईंहरूको सफलतालाई उत्सवको रूपमा सम्मान गर्न उपस्थित हुनुहुन्छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारीहरूलाई यो कार्यक्रम सम्भव बनाउन पर्दा पछाडिको कडा मेहनतका लागि धन्यवाद दिन चाहन्छु। तपाईंहरूको योगदानले नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सफलताको आधार तयार गरेको छ।
तपाईं महत्त्वपूर्ण हुनुहुन्छ, तपाईंको निर्णयले तपाईंको देश र तपाईंको विरासतलाई असर पार्दछ।
धन्यवाद!
नमस्ते।
(हावर्ड विश्वविद्यालयको हावर्ड सेन्टर फर प्राइमरी कियरको निर्देशक डा. क्रिस्टिन मेसेंगरद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा व्यक्त मन्तव्यको नेपाली अनुवाद कुटीरोका लागि “सार्की“ले गरेका हुन।)