सोमबार, ८ पुष, २०८१

साक्षरता दर कि शैक्षिक गुणस्तर?

हालसम्म नेपालका ६४ वटा जिल्ला साक्षर घोषणा भइसकेका छन्। बाँकि केहि घोषणाको तयारीमा छन्। करिब ८५ प्रतिशत जनसंख्या साक्षर रहेको तथ्याङ्कले देखाउँछ।

शिक्षा समाजको दर्पण हो, सकारात्मक परिवर्तनको संवाहक हो अनि विकासको आगो सल्काउने दियालो हो।

शिक्षा चलायमान छ। लेमिनेशन गरेर बाकसभित्र राखेको ट्रान्सक्रिप्टको पातोबाट फुत्त बाहिर निस्केर व्यवहारमा देखिन्छ। बडो शक्तिमान छ।

सोच्ने तरिका देखि बोलीचाली, हाउभाउ सबै बदल्न सक्छ। एउटा छट्टुलाई टपक्क टिपेर गुणवान्, नैतिकवान्, बुद्धिमान विद्वान बनाउन सक्छ।

काला मुकुण्डा भिरेकाहरू घरै फोडेर हिरा जवाहरात लुटिसक्दा पनि ज्ञान लुट्न सक्दैनन्। त्यति सुरक्षित छ।

विश्व आधुनिकतामा फड्को मारेसँगै यसको आवश्यकता अझ टड्कारो छ।

हालसम्म नेपालका ६४ वटा जिल्ला साक्षर घोषणा भइसकेका छन्। बाँकि केहि घोषणाको तयारीमा छन्। करिब ८५ प्रतिशत जनसंख्या साक्षर रहेको तथ्याङ्कले देखाउँछ।

यद्यपि शैक्षिक गुणस्तर मापनको तथ्याङ्क छैन । हाम्रो शिक्षा चक, डस्टर र कालोपाटीमा मात्र सिमित छ। शिक्षाको नापो जिपिए र प्रतिशत हो भन्ने मान्यता छ।

आइक्यूको तथ्याङ्क हेर्दा नेपाल विश्वभरमा पछाडिबाट अग्रपङ्क्तिमा छ। अनुसन्धान तथा आविष्कारका क्षेत्रमा पनि आशातित फड्को मार्न सकिरहेको छैन।

शैक्षिक गुणस्तरलाई बिनाचासोको विषय मान्ने हो भने नेपाल बेरोजगार उत्पादनको थलो बनिरहन्छ। त्यसैले शिक्षा गुणस्तरीय बनाउन हाम्रो शिक्षा प्रणाली सिपमूलक, प्रयोगात्मक तथा व्यवहारिक हुन जरुरी छ।

शिक्षा गुणस्तरहिन भएमा साक्षरता दर सतप्रतिशत भएपनि हाम्रो‌ अवस्था सुधारात्मक बन्न कदापि सक्दैन।

त्यसैले साक्षरता दरको वृद्धि मात्र होइन, शैक्षिक गुणस्तरको उचित मूल्यांकन र सोहि अनुरुपको शैक्षिक रूपान्तरण आजको मूल आवश्यकता हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार