आईतवार, ७ पुष, २०८१

सबै तस्वीरहरु राज अधिकारीले खिचेका हुन

तस्वीर नभए हिजोको पल आजको स्मृतिमा मधुरो हुँदो हो। आज तस्वीर हेर्दै टाढा भएकाहरूको याद ताजै राख्न पाइएको छ।

एउटा सामान्य देखिएको तस्वीरमा कति भावना अटाउन सक्छन्? एउटा तस्वीरले कतिसम्म क्रान्ति निम्त्याउन सक्छ? तस्वीर कसरी समाज रूपान्तरणको आधार बन्न सक्छ?

निसेफोरले बनाएको ठूलो काठको भाँडो देखि आधुनिक जमानाका डीएसएलआररसम्म आइपुग्दा क्यामेराका आकार अनि प्रकार फेरिए।

मन्दिरमा भक्तजनहरु

क्यामेराको उद्विकाससँगै तस्वीरहरू मानव संवेदना अटाउने विकिपिडिया बने। क्रान्तिका संवाहक बने। सामाजिक विसङ्गति देखाउने दर्पण बने अनि समाज रूपान्तरणका इन्धन बने।

विभिन्न कालखण्डमा विभिन्न ठाउँहरूमा खिचिएका केही दिमाग खलबलाउने अति दर्दनाक तस्वीरहरु थिए।

ती मध्ये फोटोपत्रकार केभिन कार्टरले खिचेको ‘द भल्चर एण्ड द लिटल गर्ल’, रोबर्ट कापाको ‘द फलिङ शोल्जर’, निकले खिचेको ‘द टेरर अफ वार’, स्टान्ले फरम्यानको ‘उमन फलिङ फ्रम फायर इस्केप’ जस्ता तस्वीरले भोकमरी, युद्ध, र मृत्युलाई नजिकबाट चित्रण गर्दै‌ राज्य, कानुन व्यवस्था, शान्ति संगठन लगायत सम्पूर्ण विश्वलाई तताए र केहि हदसम्म सकारात्मक परिवर्तन निम्त्याउन सफल भए।

गाउँमा पानीको कठिनाई

तस्वीर‌‌ साँच्चिकै क्रान्तिकारी हुन्छन्, क्रान्ति गरिरहन्छन्। तस्वीर नहुँदा हुन् त कला, संस्कृति हराउँदै जाँदा हुन्।

नेपालका वन पाखा, खोला खोल्सा, कुना कन्दरा नेपालमै सिमित हुँदा हुन्। तस्वीर छन् र तस्वीरबाटै देश देखिएको छ, विश्व देखिएको छ।

नयाँ पुस्ताले कला, संस्कृति तस्वीरमै भए पनि देख्न पाउने भएका छन्। तस्वीर छन् र इतिहास जिवित छ। तस्वीरले इतिहास बोक्छ, इतिहास बोल्छ।

खोला किनारको सुन्दर गाउँ

तस्वीर नभए हिजोको पल आजको स्मृतिमा मधुरो हुँदो हो। आज तस्वीर हेर्दै टाढा भएकाहरूको याद ताजै राख्न पाइएको छ।

हिजो हाँसेका तस्वीर हेर्दै आज भावुक भइएको छ अनि हिजोका दुःखका तस्वीर हेर्दै आज हाँस्न सकिएको छ। तस्वीरले भावना समेट्छन्, भावना पोख्छन्।

त्यसैले त भनिन्छ, हजार शब्द भन्दा एक तस्वीरको आवाज बुलन्द हुन्छ।

पिठ्युँमा बच्चा बोकिरहेकी महिला
प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार