बैंकले अनेकौं उपाय अपनाएर लुट्दै आएको छ । उदाहरणका लागि कुनै व्यक्तिले खाता खोलेर पाँच हजार रुपैयाँ राख्यो । र, एक वर्षसम्म थप रकम राखेन । अब त्यो रकमको ब्याज आएर बढ्नुपर्ने हो । तर, त्यसो हुँदैन । उल्टै पैसा घटेर चारदेखि तीन हजारमा झर्छ । योसँगै त्यही रकममा ग्राहकले दश हजार रुपैयाँ थप्यो ।
बैंक तथा वित्तीय संस्थाले खाता खोल्ने बेला निःशुल्क भन्ने गरेको छ । सँगै डेबिट र क्रेडिट कार्ड पनि निःशुल्क बताइन्छ । खाता खोल्ने बेला र डेबिट, क्रेडिट कार्ड लिँदा निःशुल्क भनिएकोमा वर्षेनी त्यसको नवीकरण शुल्क लिइन्छ ।
उदाहरणका लागि कुनै व्यक्तिले चैतमा कुनै बैंकमा खाता खोल्ने र डेबिट, क्रेडिट कार्ड लियो । त्यतिबेला उसलाई निःशुल्क भनिन्छ । तर, नयाँ आर्थिक वर्ष साउनमा उसको खातामा भएको रकममध्ये साढे तीन सय रुपैयाँ खाता र साढे तीन सय रुपैयाँ कार्ड नवीकरणका निम्ति असुलिन्छ ।
यसरी निःशुल्कका नाममा बैंकले सर्वसाधारणलाई झन् ठग्ने गर्छ । यद्यपि, यसबारे जनता र सरकार भने बेखबर देखिन्छन् । बैंकको ठगीधन्दा यसमा मात्र सीमित छैन । शेयरका निश्चित आवेदन फाराम भर्दा समेत बैंकबाट सर्वसाधारण ठगिने गरेका छन् । जस्तै कुनै बैंक, लघुवित्त, जलविद्युतलगायत कम्पनीले एक सय प्रतिकित्तामा दश हजार कित्ता शेयर खोल्यो ।
ग्राहकले दुई हजार कित्ताका निम्ति आवेदन फाराम भरेर बुझायो । अब बैंकले के गर्छ भने त्यो शेयर पर्दै नपरी त्यसको पैसा काट्छ । भन्नाले तीन महिना पछि शेयरको नतिजा आउने भएमा तीन महिनाअगावै दुई हजार कित्ता बराबरको रकम खाताबाट छुट्याइन्छ र त्यसको ब्याजदर दिइँदैन । यसरी शेयरको नाममा ग्राहकको तीन महिनाको ब्याज बैंकले पचाइदिन्छ ।
यतिमात्र होइन, बैंकले अनेकौं उपाय अपनाएर लुट्दै आएको छ । उदाहरणका लागि कुनै व्यक्तिले खाता खोलेर पाँच हजार रुपैयाँ राख्यो । र, एक वर्षसम्म थप रकम राखेन । अब त्यो रकमको ब्याज आएर बढ्नुपर्ने हो । तर, त्यसो हुँदैन । उल्टै पैसा घटेर चारदेखि तीन हजारमा झर्छ । योसँगै त्यही रकममा ग्राहकले दश हजार रुपैयाँ थप्यो ।
अब झन् बैंकले पैसा काट्छ । हर्जाना, पेनाल्टीको नाममा । खाता चलायमान नराखेको भन्दै अनावश्यक शुल्क असुल्छ । ग्राहकले महिना मर्नु एक दिनअघि पैसा निकालेमा ब्याज पाइँदैन । तर, बैंकले चाँहि ऋण लिएको दिनदेखि भुक्तानी गर्ने दिनसम्मको ब्याज असुल्छ । बैंकले बचत गर्ने बेला बढी ब्याजको प्रलोभन देखाउँछ अनि पैसा राखेपछि चाँहि ब्याज नै दिँदैन ।
अहिले पनि तीनदेखि ११ प्रतिशतसम्म ब्याजको प्रलोभन देखाएर बैंकले बजारबाट पैसा तानिरहेको छ । पाँच वर्षअघिसम्म त १२ देखि १८ प्रतिशतसम्म भनिन्थ्यो । अब बैंकले कसरी ठग्छ भन्नुपर्दा बैंकको तीनदेखि ११ प्रतिशत ब्याज प्रलोभनमा परी मानिसहरूले पैसा राख्छन् अनि जब ब्याज आउने बेला हुन्छ तब चाँहि बैंकले ब्याज नै घटाएर एक प्रतिशतमा झार्छ ।
यता, ऋणीसँग भने एकदेखि तीन प्रतिशत सेवाशुल्क, ब्याज १४ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने, दुई करोडको धितो राखेर एक करोड कर्जा दिने र त्यसबापत बैंकका अध्यक्ष, सञ्चालकले दश लाख घुस खानेजस्ता गर्दै आएका छन् । धितोको बीमा नगरी कर्जा दिइँदैन । अनि बीमा कम्पनीसँग मिलेर कमिसन खान्छन् र ऋणीमाथि अनावश्यक भार बोकाउँछन् । यता, ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमै पचाइदिने ।
खाताबाटै बचतकर्ताको रकम चोर्ने, मीटर ब्याजमा पैसा लगाउनेजस्ता कामसमेत बैंक र तिनका कर्मचारीले गर्दै आएका छन् । एक वर्षमा १२ महिना हुन्छ । तर, बैंकका कर्मचारीमा वर्षमा १८ महिनाको तलब, बोनस बुझ्छन् । त्यो पैसा र नाफा कसरी जोडियो त ? माथिका कुराबाट प्रष्टै छ । जनता ठग्ने अनि बैंकका अध्यक्ष, सञ्चालक र कर्मचारी मोटाउने ।
बैंकको चर्को ब्याजदर र षडयन्त्र नबुझ्दा एक लाख २५ हजार बढी सर्वसाधारण कालोसूचीमा परेका छन् । हजारौं सडकछाप अवस्थामा पुगेका छन् । कतिपयले सहन नसकेर परिवारको हत्या सँगै आत्महत्या गरेका छन् । कतिपय चाँहि लुकेर बसेका छन् । बैंकको ९५ प्रतिशत कर्जा लगानी घरजग्गा, गाडी, शेयर र सुनमा पाइन्छ ।
एक रुपैयाँ प्रतिकित्तामा निष्काशित शेयर दलालीहरुले ३२ सय पुर्याए । दस हजार रोपनीमा नबिक्ने जमिन भूमाफियाहरूले आनाकै ६० लाखदेखि करोडौं पुर्याए । छिमेक भारत र चीनमा एकदेखि पाँच लाखमा पाइने सवारीसाधन यहाँ २० लाखदेखि करोडौंमा बेचिएको छ भने बि.सं. २०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ रहेको सुन अहिले दुई लाख २३ हजार पुर्याइएको छ । सुन बनाउने ज्याला छुट्टै छ ।
तीन लाख रुपैयाँ तिरेपछि मात्र बल्ल उपभोक्ताको हातमा एक तोला सुन पुग्छ । यद्यपि, यी क्षेत्रमा बैंकले गरेको लगानी विस्तारै डुबिरहेको छ । घरजग्गा, गाडी र शेयर कारोबार त ठप्पै भइसकेको छ । सुन पनि विस्तारै पुरानै मूल्यमा फर्किने देखिन्छ । जसका कारण बैंक संकटमा परेको छ । ऋणीले कर्जा नतिरेपछि बैंकले धमाधम धितो लिलाम गरिरहेको छ ।
तर, धितो लिलाम गरेर मात्र के गर्नु, किन्ने मान्छे नै नभएपछि । किन्ने मान्छे खोज्न बैंक दिनरात खटिरहेको अवस्था छ । तैपनि कोही पाएको देखिँदैन । अर्को कुरा, банкले राखेको धितो कतिपय सरकारी सम्पत्ति भएको बुझिन्छ । सरकारी, सार्वजनिक, गुठी, ऐलानीलगायत जग्गा अथवा खोला नदी किनारा आसपासका जग्गा तथा घरलाई बैंकले ऋण दिएको भेटिन्छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले ५० अर्बको धितो राखेर डेढ खर्ब ऋण लिएको र त्यो धितोसमेत सरकारी सम्पत्ति भएको बजारमा व्यापक चर्चा छ । महासंघकै वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ, फेदीको सात लाखमा किनिएको जग्गा धितो राखेर बैंकबाट २८ करोड ऋण लिएका छन् ।
भाटभटेनी साहु मीनबहादुर गुरुङले ३१ वटा भाटभटेनी धितो राखेर ५३ अर्ब ऋण बैंकबाट लिएका छन् । जेनजी विध्वंसका क्रममा एक दर्जन भाटभटेनी खरानी बनेको छ भने प्रायःजसोमा तोडफोड भयो । गुरुङले साढे चार अर्ब राजस्व छलेको सर्वोच्च अदालतले नै पुष्टि गरिसकेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पनि उनी दोषी ठहर भई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।
पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्का बैंकबाट १४ अर्ब ऋण लिएको सुनिन्छ । त्यो पनि घरजग्गा नै धितो राखेर । जेनजी विध्वंसमा उनको पनि घर जलेर खरानी बनेको छ । यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईले बैंकबाट ११ अर्ब कर्जा लिएका छन् । एमाले नेता महेश बस्नेतले घरजग्गा धितो राखेर बैंकबाट सात अर्ब ऋण लिएकोमा उनको पनि घर अहिले खरानी बनिसकेको छ ।
यसैगरी, अन्य व्यापारी, व्यवसायी तथा राजनीतिक दलका नेता, कार्यकर्ताले पनि बैंकबाट करोडदेखि खर्बौँ ऋण लिएका छन् । तर, प्रायःजसोले सरकारी सम्पत्ति धितो राखेर ऋण लिएको बुझिन्छ । एकातिर धितो खरानी हुनु, मूल्य लगातार घट्नु, अर्कोतिर त्यो धितोसमेत सरकारी सम्पत्ति हुनुले बैंक पिरोलेको छ । पछिल्लो समय बैंकबाट ऋण लिनेहरू स्वाट्टै घटेका छन् ।
ऋण लिने कोही नभएपछि नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे बैंकबाट तरलता तान्दै आएको छ । सो रकमको राष्ट्र बैंकले दुई प्रतिशत ब्याज सम्बन्धित बैंकलाई उपलब्ध गराउने गर्छ । त्यसैले, अब बैंक पनि संकटमा पर्ने निश्चित छ । ‘कहिले सासुको पालो, कहिले बुहारी’ को भनेझैं सहकारीपछि बैंकको पनि अवश्य पालो आउनेछ । किनकि दुवैले सोझासाझा जनतालाई नराम्ररी ठगेका छन् वा ठगिरहेका छन् ।














