मंगलवार, १९ फाल्गुन, २०८२

धनीलाई हरहमेशा दशैं, मागेर खानेलाई चाडपर्व आउँदैन कहिल्यै !

जनताको अपेक्षा बारम्बार चकनाचुर भएको छ। यादवपछि विद्यादेवी भण्डारी र रामचन्द्र पौडेल राष्ट्रपति बने। तर, जनताले के पाए? केही न केही। गरिबको लागि न हिजोको सरकार थियो न आजको। जनताको छोराछोरी राष्ट्रप्रमुख भएपछि गरिबको लागि काम गर्छन्।

अहिले सबैतिर दशैंको चहलपहल छ। हिन्दू नेपालीको महान् पर्व दशैंका लागि आवश्यक सामान किन्नेको बजारमा भीड देखिन्छ। कोही लत्ताकपडा त कोही खसीबोका, च्याङ्गा किन्न हिँडेका छन्। मठमन्दिर दर्शन गर्न जानेको उत्तिकै चाप छ। कुनै चाहिँ दशैं मनाउन आफ्नो थातथलो फर्किरहेका छन्।

पैसा हुनेहरूका लागि जहिले पनि दशैं नै हो। तर, गरिबहरूले वर्षमा एकचोटि आउने दशैं पनि राम्रोसँग मनाउन पाउँदैनन्। बाटा, मठमन्दिरमा मागेर खानेहरूले न दशैंमा एक छाक मिठो खान पाउँछन् न लाउन। भुरादेखि बुढासम्म सडकमा माग्न बसेका छन्। ससाना बालबालिकाहरू फोहोर टिपेर हिँडिरहेको देखिन्छ।

बिहान बेलुका खान त नपाउनेलाई केको दशैं? उनीहरूलाई न कहिले दशैं आउँछ न अन्य चाडपर्व। विडम्बना, त्यस्तालाई सरकारले पनि देख्दैन। विशिष्ट व्यक्तिहरू, जस्तै कि राष्ट्रपति, प्रधानमन्त्री, ठूल्ठूला व्यापारीहरू दशैंमा पूजाआजा गर्न मन्दिर जान्छन्। उनीहरू आउने भन्नेबित्तिकै मागेर खानेहरूलाई सडकबाट लखेटिन्छ।

उनीहरूलाई व्यवस्थापन गर्ने कि लखेट्ने? हरेक नागरिकको अभिभावक सरकार हो। सबै नागरिकको सरह बराबरी अधिकार छ। मागेर खानेहरू पनि यहीँ देशका नागरिक हुन्। राष्ट्रपति, प्रधानमन्त्रीले उनीहरूलाई देख्न नहुने हो? गरिबको नाम बेचेर कमाउने यहाँ धेरै छन्। एनजिओहरूले गरिबको नाममा विदेशबाट डलर ल्याएर खाएका छन्।

थुप्रै कलाकारले गरिबीको विषयमा गीत गाएका छन्। उनीहरू चर्चामा आएका छन्, कमाएका छन्। तर, गरिब जहाँको त्यहीँ छ। उनीहरूको समस्या ज्युँको त्युँ छ। काँग्रेस–एमालेले बाठाटाठाले मात्र खाए, जनताले केही पाएनन् भनेर पञ्चायती व्यवस्थाको विरोध गर्यो।

२०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो। बहुदलीय व्यवस्थाले पनि सर्वसाधारणको अवस्था नफेरिएपछि माओवादीले ४० सूत्रीय माग राखेर २०५२ फागुन १ गते हतियार उठायो। १० वर्षमा १७ हजार नेपाली शहीद भए। हजारौं अंगभंग र घाइते भए।

बेपत्ता हुनेको सङ्ख्या पनि हजारौंमा छ। २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य भएर देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो। लोकतन्त्र गणतन्त्रको पहिलो राष्ट्रपति रामवरण यादव र पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल भए। जनताको छोराछोरी सत्तामा गएपछि जनताको लागि काम गर्छन् भन्ठानिएको थियो।

तर, जनताको अपेक्षा बारम्बार चकनाचुर भएको छ। यादवपछि विद्यादेवी भण्डारी र रामचन्द्र पौडेल राष्ट्रपति बने। तर, जनताले के पाए? केही न केही। गरिबको लागि न हिजोको सरकार थियो न आजको। जनताको छोराछोरी राष्ट्रप्रमुख भएपछि गरिबको लागि काम गर्छन्।

उनीहरूलाई हेर्छन् भन्ने आश राखिएको थियो। यद्यपि, त्यस्तो केही पनि भएन। नेताहरू सुखसयल र विलासितामा रमाउँदै गए। हिजो झुपडीमा बस्ने नेताहरू आज महलमा बस्ने भए, जनताको शिरबाट छतसमेत खोसियो। दैनिक तीन हजार जनता रोजगारीका लागि विदेश गइरहेका छन्।

भदौ २३ र २४ गते जेनेजी प्रदर्शन भयो। जनताको नाम बेचेर आएका नेताले जनताको लागि काम गरेका रहेछन् कि आफ्ना लागि? आन्दोलनबाट प्रष्ट भयो। काँग्रेस सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाले सर्वसाधारणलाई आश्चर्यचकित बनाएको छ। उता, उनको घरमा महँगा रक्सी पनि भेटिएको थियो।

घर पनि कुनै महलभन्दा कम थिएन। दशौं रोपनी जग्गामा बनेको भव्य महलमा उनले जीवन बिताइरहेका थिए। उता, माओवादी अध्यक्ष पुष्पकमल दाहालको घरमा पनि पैसा भेटिएको कुरा छ। प्रचण्डको हातमा ७८ लाखको घडी छ। जनयुद्धबाट आएको नेताले ७८ लाखको घडी बाँध्न सुहाउँछ?

एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा सुनको हात्ती नै भेटिएको भनिएको छ। ओलीको बालकोटस्थित घर पनि दशौं रोपनीमा थियो। ओली दिनको ७० हजारको विदेशी पानी खान्छन्। उनको नाडीमा तीन करोडको घडी बाँधिएको छ। सात लाखको कोट र डेढ लाखको जुत्ता लगाउँथे भनेर बजारमा खुब चर्चा छ।

यिनीहरूले जनताको रगतपसिनामा मोज गरे। जनताले तिरेको कर र विदेशी ऋण यिनीहरूले झ्वाम्म पारे। रेमिट्यान्समा पनि उनीहरूकै मोजमस्ती चल्यो। नेपालीको भूभाग छिमेकीलाई बेचेको रकम पनि पचाए। तर, जनताले केही पाएनन्। जनता त पञ्चायती व्यवस्थामा पनि मागेरै खान्थे, यो व्यवस्थामा पनि मागेरै खाइरहेका छन्।

परिवर्तन नेताहरूको लागि मात्र आयो। जुनसुकै व्यवस्था आए पनि जनताको जीवनयापन फेरिएन। नेता र जनप्रतिनिधि सार्वजनिक काम गर्छौं भन्छन्। जनताले तिरेको कर खाने, सरकारी गाडी चढ्ने, घुस खाने अनि सार्वजनिक काम भन्ने? जथाभावी बोल्न अलिकति पनि लाज लाग्दैन?

गृहमन्त्री, परराष्ट्रमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका केपी शर्मा ओली यतिबेला भक्तपुरको गुण्डुमा आएर बसेका छन्। आफ्नो घमण्ड र अहंकारले पद छोड्नुपर्ने अवस्थामा पुगेका ओलीको अहिले पनि चेत खुलेको देखिँदैन। गुण्डाको घेरामा हिँडेपछि उनको र एमालेको पोलिटब्यूरो सदस्य तथा पूर्व उद्योगमन्त्री महेश बस्नेतको चर्को विरोध भइरहेको छ।

पटकपटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई के गर्नुहुन्छ? के हुँदैन? भन्ने कुरा थाहा हुनुपर्छ कि पर्दैन? उनलाई सारा दुनियाँले हेरिरहेको छ। यदि त्यति नै ज्यानको खतरा छ भने उनले सरकारलाई भन्नुपर्‍यो। अपराध गरेर जेलमा बसेको व्यक्तिलाई त सरकारले सुरक्षा दिन्छ भने उनी त बारम्बार देशको प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्।

उनी गुण्डैगुण्डाको बीचमा हिँड्दा समाज त्रसित बनेको छ भने गुण्डागर्दी गर्नेहरूलाई प्रश्रय पाएका छन्। जनताको ठूलो अपेक्षा केही छैन। गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र विकास—जनताको आशा यति नै हो। त्यसकै लागि जनता पटकपटक लडेका हुन्।

सरकारी कर्मचारीलाई जति तलब दिए पनि पुग्दैन। उनीहरूले कहिल्यै घुस खान छोड्दैनन्। नेताहरू जनताको नाम बेच्छन्, व्यक्तिगत सम्पत्ति जोड्छन्। व्यापारीहरू राजस्व तिर्दैनन् तर ठूल्ठूला कुरा गर्छन्। जो पनि देश र जनता लुट्ने अनि आफू मोटाउने। देशलाई ऋण लगाएर आफू मोजमस्ती गर्नेमा नेता, कर्मचारी र व्यापारी छन्।

यता, जनता पनि ठग भए। जनता पनि राज्यको सम्पत्ति दोहन गर्नेमा पर्छन्। छोराछोरीले महिनाको लाखौं कमाउँछन् तर चार हजार भत्ता बुझ्न वडामा पुग्छन्। उनीहरूले त्यो नलिने हो भने नहुनेले पाउँथे। विकासमा खर्च गर्न सकिन्थ्यो। सबैले यहाँ लिन जाने, दिन जानेनन्।

गरिबी झन्‌झन्‌ बढ्दै गएको छ। धनी त धनी छँदैछन्, गरिब झनै गरिब हुँदै गएका छन्। गरिबीले आत्महत्याको दर बढाउँदै लगेको छ। दशैंको बेला छ, सबै आफ्नो घरमा रमाइलो गरिरहेका छन्। उनीहरू खान नसकेर टोकरीमा लगेर फ्याँक्छन् तर गरिबलाई दिँदैनन्। आफ्नो घरमा कोही माग्न आयो भने निस्किँदै निस्किदैनन्।

जनताहरू अलिकति सचेत भइदिने हो भने गरिबले पनि दशैं मनाउन पाउँथे। मान्छेले पढेर मात्र हुँदैन, व्यवहारिक ज्ञान पनि सिक्नुपर्छ। अरुलाई अलिकति दिँदैमा कसैको सम्पत्ति सकिँदैन।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल