शुक्रबार, २७ चैत्र, २०८२

होटल पौवा जुम्लाद्वारा फरक क्षमता भएका विद्यार्थीलाई सहयोग,

होटल पौवा जुम्ला शाखाले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली माध्यमिक विद्यालय, अनामनगरमा अध्ययनरत बहिरा विद्यार्थीहरूलाई फलफूल तथा जुस वितरण गरेको छ। 

कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक पोषण सहयोग प्रदान गर्नुका साथै उनीहरूको मनोबल उच्च बनाउन यस्तो पहल गरिएको जनाइएको छ।

शाखाका प्रबन्धक थानेश्वर भण्डारीका अनुसार स्थापना दिवसलाई स्मरणीय बनाउँदै समाजप्रति सकारात्मक योगदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। 

साथै, उनले होटल पौवाले आफ्ना सबै शाखाहरूमा ‘पौवा स्वाद उत्सव २०८२’ आयोजना गर्न लागेको जानकारी पनि दिएका छन्।

उक्त उत्सवमा नेपाली मौलिक स्वाद, संस्कृति तथा आतिथ्य सत्कारको अनुपम संगम प्रस्तुत गरिने बताइएको छ। 

विविध परिकार, सांस्कृतिक झलक तथा पारम्परिक आतिथ्य अनुभव गर्न सकिने यस उत्सवमा सहभागी हुन सर्वसाधारणलाई हार्दिक निमन्त्रणा गरिएको छ।

होटल पौवाको यो पहलले सामाजिक सेवासँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने कर्णाली मावि अनामनगरका शिक्षक देवेन्द्र तिमिल्सिनाले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार