टिभिएस जुम्लाले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस एक्सचेन्ज अफर’ संचालन गर्ने भएको छ।
जुम्लामा दुई चक्के सवारीसाधन टिभिएसको आधिकारिक बिक्रेता टिभिएस जुम्लाले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि यही मंसिर २१ देखि २६ गतेसम्म ‘टिभिएस एक्सचेन्ज अफर’ नामक विशेष अफर संचालन गर्न लागेको हो ।
जुम्लाको जुगाड खोला देखि थोरै पूर्व चन्दननाथ नगरपालिका ५ नम्बर वडा कार्यालय अगाडि स्वरुममा सञ्चालन हुने यो कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ३० हजार रुपैयाँको मूल्यांकन प्राप्त गर्न सकिने सञ्चालक चन्द्र कठायतले बताए।
‘ग्राहकहरूलाई यसपटक अलि फरक अफर दिन लनगेका छौं,’ उनले भने, ‘जुनसुकै अवस्थाका बाइक वा स्कुटर ल्याउँदा ३० हजारसम्मको भ्यालुएसन प्राप्त गर्न सकिनेछ।’
उनका अनुसार यो अफरअन्तर्गत ग्राहकहरूले १० हजार रुपैयाँसम्मको थप मूल्य, ८ हजार रुपैयाँसम्मको नगद छुट र निःशुल्क बाइक एसेसरिज समेत प्राप्त गर्न सक्नेछन्।
कार्यक्रममा सहभागी भएर क्युआर कोड स्क्यान गर्ने ग्राहकहरूले थप उपहार जित्ने अवसरसमेत रहेको जनाइएको छ।















