बिहीबार, २१ फाल्गुन, २०८२

सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाले वर्षभरि संचालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ आईतबार गरेको हो । गाउँपालिकाले आव २०८१।०८२ मा ३८ करोड ४६ लाख अनुमानित बजेट ल्याएकोमध्ये कुल बजेटको चालुतर्फ र पुँजीगततर्फ गरि ३५ करोड ८९ लाख ४ हजार रुपैयाँ खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिए ।

सोही आवमा १५८ वटा योजना रहेकोमा १३५ वटा योजना सम्पन्न भइ संचालनमा आएकाछन् । ठेक्का मार्फत संचालनभए भुक्तानी भएका ६ वटा योजनामध्ये गाउँपालिकाको प्रशनसकीय भवनको रनिङ्ग विल मात्रै भुक्तानी भएको छ । उक्त आवमा पालिकाको २६ लाख ६४ हजार आन्तरिक राजस्व सङ्कलन भएकोे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ ।

सार्वजनिक सुनुवाईमा उठेका गुनासा तथा सुझावहरुलाई गाउँपालिकाले क्रमशःहल गरिने भएको छ । यहाँका सबै राजनीतिक दलदेखी सरोकारवालासंग आपसी समन्वय र सहकार्य बढाउँदै वडास्तरमा हुने विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन गर्ने र जनताका गुनासो सुनुवाई गर्ने व्यवस्था गरिने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

आफ्नो कामको पालिका आफैले सार्वजनिक सुनुवाइ गर्नुभन्दा अन्य निकायलाई गर्न लगाउँदा अझै विश्वसनीय हुने भएकाले सेवा प्रदायक संस्थालाई सार्वजनिक सुनुवाइ गर्न दिएको गाउँपालिका प्रवक्ता तिर्थ वडले बताउनुभयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृतले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा र समग्र गाउँपालिकाको विकास निर्माण,सेवा प्रवाहको विषयमा सवाल जवाफ भएको थियो ।

सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न समेत गरेका थिए । विकास निर्माण सुशासन प्रवद्र्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धमा गाउँपालिकाले प्रत्येक वर्ष सार्वनिक सुनुवाई कार्यक्रम गर्दे आएको सिंजा गाउँपालिकाले जनाएको छ । सो कार्यक्रमको सहजीकरण तिला मल्टिप्रपोज मिडिया प्रालीले गरेको थियो ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल