हुँदैथ्यो बर्षात झरी पोखरामा रिमझिम गरेर
हुस्सुको च्यादर ओढेझैँ देखिने डाँडाकाँढा ढाकेर
शनिवार परेर होकि बिहान देखिन्थ्यो सुनसान
तर पनि रमाइलो लाग्न गयो मलाई किन किन ?
एकैछिनपछि बर्षात रोकियो खुल्यो आकाश अनि
दुलहीले घुम्टो खोलेझैँ देखियो त्यो माछापुच्छ्रे पनि
उत्तर तर्फ चाँदी टल्के झै गरि माछापुच्छ्रे चुलिँदा
लाग्न गयो पोखरा अति शुन्दर फेवाताल देखिँदा ।
त्यही शुभ प्रभातमा जाँदै थियौँ मुक्तिनाथमा हामी
पोखराको बिचमा बगेर सेती देखिन्थ्यो निकै दामी
शुरु हुँदै थियो दुई दिन पछि त्यो बडादशैँ अनि
पुग्नै थियो असोजको पाँच गते मुक्तिनाथमा पनि ।
मानिसहरू आफ्नै सुरमा थिए दशैँको तयारीमा
बिस्तारै तीँ पशल ब्यस्त देखिए मानिसको भिडमा
चारै तिर रुख बृक्षले पहाड देखिन्थे मनोरम
ती शुन्दर सडक देखिँदा लाग्यो छैन नेपाल कम ।