शुक्रबार, २९ फाल्गुन, २०८२

जुम्लामा सुन टल्काउने बहानामा ठगी : २० जना प्रहरीको नियन्त्रणमा

जुम्लाको सिञ्जा क्षेत्रमा सुन सफा गर्ने नाममा ठगी गरेको आरोपमा २० जनाको समूह प्रहरीले नियन्त्रणमा लिएको छ।

हिमा गाउँपालिका–१, बड्कीका फुलथुगा शाहीले शुक्रबार दिउँसो आफ्नो कानको एक तोलाको सुनको रिङ्ग टल्काइदिने भन्दै आएको समूहले ठगेको उजुरी दिएका हुन्।

सुन टल्काएपछि तौल घटेको थाहा पाएपछि उनले प्रहरीमा निवेदन दिएका थिए।

जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक रविन बाबु रेग्मीका अनुसार उजुरीपछि २० जनालाई नियन्त्रणमा लिइएको हो। ।

तर, घटनास्थलमा ठगी पुष्टि गर्ने बिल नभेटिएपछि तत्काल कारबाही गर्न नसकिने उनले बताए।

रेग्मीका अनुसार जुम्लामा रहे सुन व्यवसायमा समस्या सिर्जना हुनसक्ने भएकाले नियन्त्रणमा परेका व्यक्तिहरुलाई कालिकोट प्रहरीमा पठाई अन्य जिल्लासँग समन्वय गरेर थप कारबाही अघि बढाइने तयारी भइरहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार