बुधबार, २० फाल्गुन, २०८२

सुर्खेतमा श्रीमान्‌द्वारा काठको टुक्राले प्रहार गरी श्रीमतीको हत्या

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३, सुगर खोला क्षेत्रमा एक दर्दनाक घरेलु हिंसाको घटना सार्वजनिक भएको छ। मिति २०८२ साउन ११ गते राति करिब १:४० बजेको समयमा ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नी ४०/४१ वर्षीया श्रीमती रबिना ठाडा मगरको काठको टुक्राले टाउकोमा प्रहार गरी हत्या गरेका हुन्।

सुतिरहेको अवस्थामा श्रीमतीमाथि आक्रमण गरिएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। काठको खुट्टा बनाउने उद्देश्यले राखिएको टुक्राले टाउकोमा हिर्काउँदा घटनास्थलमै रबिनाको मृत्यु भएको हो। घटना घटेको झण्डै एक घण्टा पछाडि, बिहान २:३० बजेतिर स्थानीयवासीले इलाका प्रहरी बिट कहरेखोलामा खबर गरेका थिए।

सूचना प्राप्त भएलगत्तै प्रहरीले तत्काल घटनास्थलमा टोली खटाएको थियो। प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईको कमाण्डमा १० जनाको टोली परिचालन गरी अभियुक्त दानसिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

हाल घटनाको अनुसन्धान तीव्र गतिमा अघि बढाइएको छ भने घरेलु हिंसाबाट भएको मानवीय क्षतिले स्थानीय समाजमा गहिरो आघात पुर्‍याएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल