बिहीबार, २८ फाल्गुन, २०८२

तातोपानीमा वैशाख २२ गते सांस्कृतिक महोत्सव हुँदै

तातोपानी गाउँपालिकाले आगामी वैशाख २२ गते सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।

स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा स्थानीय संस्कृतिलाई उजागर गर्ने विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिनेछ। महोत्सवको मुख्य आकर्षणका रूपमा अभिनेता प्रदिप खड्का, अभिनेत्री दीपाश्री निरौला र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलगायतका चर्चित व्यक्तित्वहरू सहभागी हुनेछन्।

तातोपानी गाउँपालिकाको आयोजना, नेपाल चलचित्र विकास बोर्डको समन्वय र कर्णाली उत्थानशील अभियान नेपालको सहजीकरणमा महोत्सव सम्पन्न हुनेछ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार महोत्सवमा हुड्के नाच, पञ्चेबाजा, मागल, ढाल नाचलगायतका स्थानीय प्रस्तुतिहरू समावेश हुनेछन्।

महोत्सवले स्थानीय संस्कृतिको जगेर्ना र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले बताइन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार