बुधबार, २१ माघ, २०८२

संसदमा सांसदबीच चर्काचर्की, रघुजी पन्त र ज्ञानेन्द्र शाहीको जुहारी

यो विवादले संसदभित्र तनावको स्थिति सिर्जना गरेको थियो। संसद बैठकपछि बाहिर निस्किएर सांसद शाहीले पन्तको भनाइप्रति कडा प्रतिक्रिया दिएका छन्।

आइतबार संसद बैठकमा एकालेका सांसद रघुजी पन्त र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीबीच विवाद भएको छ। बैठकको क्रममा सांसद पन्तले जुम्लालाई लक्षित गर्दै “हाहा हुहु गरेर आएजस्तो होइन” भन्ने टिप्पणी गरेपछि दुई सांसदबीच चर्काचर्की भएको हो।

यो विवादले संसदभित्र तनावको स्थिति सिर्जना गरेको थियो। संसद बैठकपछि बाहिर निस्किएर सांसद शाहीले पन्तको भनाइप्रति कडा प्रतिक्रिया दिएका छन्।

उनले भने, “जुम्लाबाट हाहा हो हो गरेर आएको होइन, जनताबाट चुनाव जितेर जुम्ली जनताको आशीर्वाद थापेर आएको हो। माननीय ज्यू, तपाईं जस्तो प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको पछाडि हिँडेर सेतोलाई कालो र कालोलाई सेतो भनेर निगाह थापेर आएको होइन।”

सांसद शाहीले जुम्लाका जनताको सम्मान र आफ्नो निर्वाचन क्षेत्रप्रतिको प्रतिबद्धता झल्काएको छ भने पन्तमाथि उनले व्यक्तिगत र राजनीतिक आक्षेप लगाएका छन्। यो घटनाले संसदभित्र र बाहिर राजनीतिक माहोल तातिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार