बुधबार, ४ असार, २०८२

निलम्बन फुकुवा गर्न रवि लामिछानेको माग

शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको मागसहित निवेदन दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दै प्रतिनिधि सभा सदस्य पद निलम्बन फुकुवाको मागसहित निवेदन दिएका हुन्।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। यहाँ लामिछानेविरूद्ध सुर्यदर्शन सहकारीको बचत रकम अपचलनको मुद्दा थियो।

साथै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

साथै रूपन्देहीको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दासमेत लागेपछि संघीय संसद सचिवालयले गत पुस ८ गते सूचना निकालेर लामिछानेको प्रतिनिधि सभा सांसद पद निलम्बन गरेको थियो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा गत कात्तिक २ गते लामिछाने च:मतिबाट पक्राउ परेका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार