ऐतिहासिक कालमा विभिन्न ऋषि मुनिहरुले आफ्ना शिष्यहरुलाई गुरुकुल शिक्षा प्रणालीमा आधारित शिक्षा प्रदान गर्थे। कसलाई शिक्षा प्रदान गर्ने, कसलाई नगर्ने भन्ने निर्णय गर्न गुरुहरु पूर्ण स्वतन्त्र हुन्थे। शिक्षित भैसकेपछि शिष्यहरुले गुरुदक्षिणा स्वरुप आफ्नो प्राण समेत संकटमा पारेर आफ्नो गुरुलाई खुशी बनाउँथे। गुरु द्रोणाचर्य र एकलव्यको प्रसङ्गलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ।
पहिलो विश्वका केही देशहरु विकासको उच्चतम विन्दुमा पुग्न लागिसक्दा, अमेरिकी नागरिक एलेन मस्कले सन् २०३० सम्ममा करिव १० हजार मानिस मंगल ग्रहमा पुर्याउने योजनाको थालनी गरि सार्वजनिक गरिसक्दा, हामीले विकाशको मुख्य पुर्वाधारको रुपमा शिक्षा पढिरहँदा वा पढाइरहँदा पनि अहिलेसम्म सार्वजनिक शिक्षाको मजबुत जग निर्माण गर्न नसक्नुले कतै विकास र समृद्धिको विन्दुमा नै नपुगी हामि फेरि आदिम साम्यवाद(primitive communism) मा फर्किनु पर्ने त हैन?
समाजशास्त्रीय दृश्टिकोण (sociological point of view) बाट बिचार गर्दा, विश्वमा स्थापित सिद्धान्त संरचनावाद (structuralism) र विश्वविख्यात संरचनावादि विद्वानहरु: Claude Lévi-Strauss, Michel Foucault, Ferdinand de Saussure, Louis Althusser आदिको दृस्टिकोणलाई आधार मान्ने हो भने संरचना (structure) तन्दुरुस्त नभई इकाइ (agency) हरुले राम्रोसँग काम गर्न सक्दैनन्। उदाहरणका लागि हाम्रो शरीरको संरचना नै ठिक छैन भने यसमा भएका विभिन्न अङ्ग प्रत्यंगहरुले सहि रुपमा आफ्नो भूमिका निभाउन सक्दैनन्। मानव शरीरका विभिन्न अङ्गहरुले नै आ-आफ्नो काम गरेनन् भने के हुन्छ? त्यो हामी सबैलाई थाहा भएकै कुरा भयो। त्यसैले, कुनै पनि प्रणालीले स्वस्फूर्त रुपमा राम्रोसँग कार्य गर्नका लागि संरचना चुस्त दुरुस्त हुनु पहिलो सर्त हो। यहाँ संरचना (structure) भन्नाले नीतिगत तहमा शिक्षा विकास र व्यवस्थापनका लागि राज्य र राज्यले व्यवस्था गरेका विभिन्न ऐन, नीति नियम, निर्देशिकाहरु र जारी गर्ने निकायहरु हुनभने इकाइहरु (agency\agent) भन्नाले माथिका ऐन, नीति नियम, निर्देशिका आदिको कार्यनयन गर्ने या लागू गर्ने विभिन्न सरोकारवाला निकायहरु भन्ने बुझ्नुपर्छ।
उन्नाइसौँ शताब्दीका महान् जर्मन दार्शनि कार्ल मार्क्सको समाज विकासको सिद्धान्त अनुसार, समाज आदिम साम्यवाद(primitive society), दास युग(slavery), सामन्ती युग(feudal society), पुँजिवाद(capitalist society), समाजवाद(socialism) हुँदै साम्यवाद(communism) मा गएर टुंगिन्छ। उनले भनेअनुसार, समाज विकासको अन्तिम चरण साम्यवादि (communism) व्यवस्था हो। त्यसपछि समाज फेरि आदिम साम्यवादमा फर्किनु पर्दछ। पहिलो विश्वका केही देशहरु विकासको उच्चतम विन्दुमा पुग्न लागिसक्दा, अमेरिकी नागरिक एलेन मस्कले सन् २०३० सम्ममा करिव १० हजार मानिस मंगल ग्रहमा पुर्याउने योजनाको थालनी गरि सार्वजनिक गरिसक्दा, हामीले विकाशको मुख्य पुर्वाधारको रुपमा शिक्षा पढिरहँदा वा पढाइरहँदा पनि अहिलेसम्म सार्वजनिक शिक्षाको मजबुत जग निर्माण गर्न नसक्नुले कतै विकास र समृद्धिको विन्दुमा नै नपुगी हामि फेरि आदिम साम्यवाद(primitive communism) मा फर्किनु पर्ने त हैन? भनि आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ ।
अघिल्लो खण्डमा शिक्षा विकासमा प्रमुख समस्याका रुपमा नीतिगत चुनौतिलाई औँल्याइएको छ। तर यसो भनिरहँदा त्योभन्दा तल सबै ठिकठाक छ, भन्न खोजेको भने पक्कै हैन। कतिपय सवालमा स्वयम् शिक्षकका तहबाट कमिकमजोरी नभएका भने हैनन्। त्यसलाई अलग्गै हेरिनुपर्छ। किनभने यहाँ हामी संरचनावादको सैद्धान्तिक धरातललाई आधार मानी विषयमा चर्चा गरिरहेका छौं। यस बारेमा धेरै कुराहरु पटकपटक बोलिँदै लेखिँदै पनि आइराखेका छन्। आगामी दिनमा यसलाई छुट्टै चर्चा गर्ने कोशिस गर्नेछु। तपाईं हामी फेरि पनि के कुरामा स्पस्ट हुन जरुरी छ भने, टाउकाको समस्या भएको बिरामीलाई खुट्टाको शल्यक्रिया गरेर समस्याको समाधान गर्छु भन्नु, रुखको हाँगामा बसेर सोहि रुखको हाँगो काट्नु जत्तिकै मुर्खता हो। त्यसैले नम्बर एकमा नीतिगत तहमा विद्यमान संरचनाको पुनर्संरचना गरिनु आजको आवश्यकता हो।
सिङ्गो राज्य र शासन व्यवस्थाको पुनर्संरचना भएको एक दशक वितिसक्दा, शिक्षा प्रणालीको पुनर्संरचनाको आवश्यकता(restructure of education system) सस्तो नारामामात्र सीमित भइ प्राथमिकतामा नपर्नुलाई के भन्ने?
अन्य रास्ट्रसेवक कर्मचारीहरुको तुलनामा शिक्षकहरुलाई राज्यबाट प्रदान गरिने सेवा सुबिधाहरुको फेहरिस्त हेर्ने हो भने वि. सं २००७ सालभन्दा अगाडि अहिलेको जस्तो औपचारिक शिक्षा प्रणालीको विकास भएको थिएन। ऐतिहासिक कालमा विभिन्न ऋषि मुनिहरुले आफ्ना शिष्यहरुलाई गुरुकुल शिक्षा प्रणालीमा आधारित शिक्षा प्रदान गर्थे। कसलाई शिक्षा प्रदान गर्ने, कसलाई नगर्ने भन्ने निर्णय गर्न गुरुहरु पूर्ण स्वतन्त्र हुन्थे। शिक्षित भैसकेपछि शिष्यहरुले गुरुदक्षिणा स्वरुप आफ्नो प्राण समेत संकटमा पारेर आफ्नो गुरुलाई खुशी बनाउँथे। गुरु द्रोणाचर्य र एकलव्यको प्रसङ्गलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ। त्यसपछि समाजमा शिक्षा प्रदान गर्ने जिम्मेवारी ब्राह्मणहरुले प्राप्त गरे।
वि.सं १९०३ देखि वि.सं २००७ सालसम्म करिब १०३ वर्षसम्म देशमा निरंकुश राणाहरुले शासन गरिरहँदासम्म पनि ब्राह्मणहरुलाई राजद्रोहको केशमा समेत मृत्युडण्द बर्जित थियो। यसको कारण धर्मकर्म, पुजापाठ र शिक्षा दीक्षामा सम्लग्न ब्राह्मण मारे महापाप लाग्छ भन्ने थियो। शिक्षा दिने कर्ममा आवद्ध मानिसको प्राण हर्दा पाप लाग्ने र कहिल्यै मुक्ती नहुने भन्ने अर्थ लगाउन सकिन्छ। पछि वि. सं २००७ सालमा देशमा प्रजातन्त्र आइसकेपछि, पहिलो चोटि बनेको शिक्षा ऐन २०२८ देखिनै शिक्षकहरुले राज्यबाट दोश्रो दर्जाको राष्ट्रसेवक कर्मचारीको रुपमा व्यवहारको अनुभूति गरेको पाउन सकिन्छ।
करिब ३७ वर्षसम्म देशको अति दुर्गम जिल्ला जुम्लामा अध्यापन गराइ केही समय अगाडि सेवानिवृत्त हुनुभएका मेरो एकजना गुरुले भनेका कुराहरु फेरि पनि सम्झिन मन लाग्यो। आफूलाई कक्षा ८ सम्म पढाउनु भएका गुरुसँगै एउटै विद्यालयमा सगैँ काम गर्नुको रोमान्चक अनुभुती साँट्न नपाउँदै एक दिन उहाँले भन्नुभएको थियो, “बाबु अहिले पनि केही बिग्रेको छैन, यो शिक्षक पेसामा प्रवेश गरेकोमा बधाइ छ! तर निजामती तिरै प्रयास गर्नु, पछि उमेर गएपछि निकै पछुतो हुँदो रहेछ।” उहाँका भन्नुभयो, “मैले निजामती कर्मचारी हुन नसकेर शिक्षक हुन आएको हैन। शिक्षकको स्थाइ नियुक्ति लिदै गर्दा लोक सेवाको परिक्षा पनि पास गरेको थिएँ तर निजामती छोडेर शिक्षा रोजेँ। अहिले शिक्षक नभएको भए ठीक हुन्थ्योजस्तो लाग्छ।” मैले किन? भनेर सोध्न नपाउँदै, फेरि थप्नुभयो, “म भन्दा पछाडि एक तह तलबाट निजामती सेवामा प्रवेश गरेको मेरो सहोदर भाइ अहिले अधिकृत छ। सेवाबाट निस्किँदासम्मत उपसचिव हुन्छ होला। आर्थिक रुपमा पनि निकै फड्को मरेको छ। तर मँ………??? “
आफूले आदर्श मानेको गुरुबाट मैले यो आशा गरेको थिइनँ। उहाँले यसो भनेर सुझाइरहँदा, टाउको हल्लाउँदै स्वीकृति जनाए जस्तो गरे पनि मलाई सरले यस्तो सल्लाह नदिएको भएपनि हुन्थ्यो जस्तो लागे पनि अहिले उहाँको बोलिमा कति गहिरो भावना निहित थियो भन्ने सहजै महसुस गर्न सक्छु।
हालसालै पनि एकजना बहालवाला नगरपालिका अन्तर्गतकै एक विद्यालयका अनुभवी प्रधानाध्यापक ले हामी सबैले देख्ने सुन्नेगरि “यो क्षेत्रमा मेरा साखा सन्तान कोहि पनि आउन नपरोस” भन्दै पछिल्ला पुस्ता कसैले पनि शिक्षक भन्दा अरुनै पेशा रोज्नुस, भनेर मिडिया सामु अपिल गरिरहँदा, माथि उल्लिखित मेरो गुरुसँगको प्रसङ्ग सम्झिन बाध्य भएको थिएँ। यी त प्रतिनिधि घटनामात्र हुन।
यस्तो धारणा आम बुझाइ बनिसकेको सन्दर्भमा जिल्लाकै एउटा अर्धसरकारी बैंकमा मैले मेरा बाको लालपुर्जा र मेरो शिक्षक जागिर धितो राखी ऋणको लागि आवेदन दिन जाँदा, शिक्षकहरुलाई ऋण लगानी गर्न अलि गरो हुन्छ माथि सम्मै स्पस्टिकरण दिनुपर्ने झन्झट हुन्छ भनेर बैंकका प्रमुखले भन्ने अवस्था कसरी सृजना भयो? हाम्रो देशमा शिक्षक पेसा यो अवस्थाबाट गुज्रिदै गर्दा संसारमा भिविन्न देशमा शिक्षकहरुलाई दिएको मान सम्मान र सुविधाहरु फेसबुकका वालहरुमा हेर्दै गर्दा यसको मनोवैज्ञानिक असर हाम्रो देशका शिक्षक वर्गमा कस्तो पर्न जान्छहोला?
जबसम्म, एउटा शिक्षकले गर्वका साथ “मँ शिक्षक हुँं” भन्ने वातावरण बन्दैन तबसम्म, यो देश उभो लाग्ने आशा गर्न सकिँदैन। मनोवैज्ञानिक रुपमा कमजोर शिक्षकको कक्षाकोठामा बलियो प्रदर्शन कसरी हुन सक्छ? खाली केन्द्र देखि विद्यालय हुँदै समुदाय सम्मका हाकिमी आदेशले शिक्षाको गुणस्तर कागजमा बढ्ला तर वास्तविक धरातलमा यो सम्भव छैन र हुँदैन। हाम्रोतिर प्रचलित उखान “जस्तो तेरो तिउनताउन तेस्तै मेरो सिउनसाउन” जस्तै हुनेछ।