मनको भारी बिसाउने ठाउँ कहाँ होला?
मुटु दुख्दा मलम दिने गाउँ कहाँ होला?
दुःखी हुने सुखी हुने दुबै कारण आफ्नै हो,
अजम्भरी भई बाँच्ने जल अमृत खाउँ कहाँ होला।
कसको मनमा के चलेछ कसको कसले देख्छ र खै,
मनको पीडा मनले बुझ्ने दरबार मनको, जाउँ कहाँ होला?
लोभ लालच इर्ष्या स्वार्थ व्याप्त छन् जहाँ तही,
निस्वार्थ भै बाजी मार्ने हुकुमकै, दाउ कहाँ होला?
भगवान् पनि हैरान छन् रे बुझ्न मन मानवको,
बिना मलम निको हुने खोज्दैछु, घाउ कहाँ होला?