जुम्लामा ६० वटा वडा छन्। पातारासी-५ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा हुने दोस्रो वडा हो। तथापि उक्त वडा जुम्लाको पहिलाे बालविवाह मुक्त वडा घाेषणा भएकाे थियाे।
जुम्लाकाे पातारासी गाउँपालिका -५ बालमैत्री स्थानीय शासन वडालाई घाेषणा गरिएकाे छ। शुक्रबार एक भव्य समारोहको आयोजना गरि बालमैत्री स्थानीय शासन घोषणा गरिएको हो।
बालमैत्री स्थानीय शासन वडा घाेषणा कार्यविधि-२०७९ ले निदृष्ट गरेका ५१ वटा सूचक मध्ये ८८ प्रतिशत पूरा भएसँगै पातारासी -५ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिएको पातारासीकी महिला शाखा प्रमुख भगवती गिरीले बताइन्।
‘पातारासी गाउँपालिकाले बालबालिकाका क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएकाे छ,’ उनले भनिन्, ‘गाउँपालिकाकाे लगानी तथा किर्डाक नेपालसँगको समन्वय र सहकार्यमा पातारासी-५ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्न सफल भएका हाैं।’
उनका अनुसार पातारासीले बाल बचाउ, बाल संक्षरण, बाल विकास र बाल सहभागिताका लागि विशेष प्रथामिकता दिदै आएकाे छ।
बालबालिकाका क्षेत्रमा पातारासीले गरेकाे काम प्रशंसनीय रहेकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले बताए। बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्दै उनले भने, ‘स्थानीय सरकारले निर्धारण गरिएका सूचकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिँदा यस्ता परिणाम निस्किन्छन्।’
बालबालिकाकाे क्षेत्र विकास र लगानी नगरे अरु भौतिक विकासकाे अर्थ नहुने पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहाेराले बताई।
‘पातारासीमा सामाजिक विकास अपेक्षित रुपमा हुन सकेकाे छैन्,’ उनले भने, ‘तथापि पाँ नम्बर वडाले नमुना काम गरेर उपलब्ध हासिल गरेको छ।’
किर्डाक नेपालकाे समन्वय र सहकार्यमा पातारासीमा बालबालिकालाई प्रथामिकता दिएर काम गरिरहेको उनको भनाई छ।
बालबालिकाकाे क्षेत्रमा लगानी गर्न कुनै कन्जुसाई गर्न नहुने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको भनाइ छ।
उनका अनुसार सरकारकाे लक्ष्यलाई सफल बनाउन बालमैत्री स्थानीय शासन वडा देखि पालिका घाेषणा गर्न तर्फ सबै पालिका अग्रसर हुनु पर्छ।
महिला सशक्तिकरण, बालबालिकाकाे विकास र सहभागितालाई सुनिश्चित गर्न पातारासी अग्रसर रहेकाे उपाध्यक्ष जनमाया राेकायाले बताइन्।
२०८७ सम्म नेपाललाई बालमैत्री स्थानी शासन घाेषणा गर्ने राष्ट्रिय लक्ष्य लिएकाे छ। साेहि लक्ष्य पूरा गर्न पातारासी गाउँपालिकाले विभिन्न गतिविधि संचालन गर्दै आएकाे छ।
जुम्लामा ६० वटा वडा छन्। पातारासी-५ लाई बालमैत्री स्थानीय शासन वडा घाेषणा हुने दोस्रो वडा हो। तथापि उक्त वडा जुम्लाको पहिलाे बालविवाह मुक्त वडा घाेषणा भएकाे थियाे। यस अघि तिला -६ बालमैत्री स्थानीय शासन वडा घोषणा गरिसकिएको छ।