सोमबार, १२ माघ, २०८२

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पुरानो ११ नम्बर वडा कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा एकजनाको मृत्युु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार दिउँसाे २ बजेकाे समयमा पिपिरा चौकबाट धुलियाबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले पैदल यात्री ७० वर्षीय लक्ष्मी लामिछानेलाई ठक्कर दिँदा मृत्युु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारका लागि प्रदेश अस्पतालमा लिइएको र उपचारकै क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक लेखबेशी नगरपालिका ३ निवासी २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन्। उनको हाल प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार