जन्म पूर्व देखि मृत्यु नहुञ्जेल सम्म हेर
महिला हुँदा सहेका विभेद्पूर्ण व्यवहार।
शारीरिक, मानसिक यौनिक यातना अति
दुर्व्यवहार शोषण कति छन् अरु कति?
जबरजस्ती करणी महिला बेचविखन
महिला हुनै नहुने नाघ्दछन् कानून किन?
बाल विवाह समेत अरु लिङ्ग पहिचान
हत्या यात्ना हुँदैछ मार्न खोज्दछन् त्यो ज्यान।
लाग्छ बोक्सीको आरोप हुँदछ भ्रुणको हत्या
बलत्कार महिलामै बलत्कार पछि हत्या।
यौनजन्य दुर्व्यवहार हुने गर्छ करकाप
जबर्जस्ती बन्ध्याकरण् हाँसे नाचेमा आरोप।
मानसिक पनि हुन्छ बलले पनि यौनिक
सहनु परेको छ यिनी दुर्व्यवहार अनेक।
एसिड छर्किने गर्छ्न् दाइजो बेथिति त्यस्तै
सहिरहेछन् महिला कुरितिहरु लौ यस्तै।
सजाय पनि हुँदछ सजाय छ कानूनमा
सहेर नबसौँ नारी मिलौँ नारी आफूमा।
महिला बालबालिकाको हिँसा मुक्त हुनुपर्दछ
बर्वर् सबै हिँसा अब अन्त्य हुनु पर्दछ।
महिला देशको साँचो पुरुषले बुझ्नु पर्दछ
सजायसँगै पुरुषमा चेतना भर्नु पर्दछ।
आधा आकाश छ महिला दु:खित हुनु हुँदैन
हिँसा अन्त्य हुनु पर्छ नत्र बिकास हुँदैन।
(महिला हिँसा बिरुद्व १६ दिने महिला जागरण अभियान कार्यक्रम सम्बद्व कविता । २०८२/८/९ प्युठान।)















