बुधबार, २१ माघ, २०८२

नरेन्द्र देवकोटाका ६ मुक्तक

कहिले त जिन्दगी प्यारो ! लाग्दछ मलाई
कहिलेत जिन्दगी दिक्दार ! लाग्दछ मलाई
सबैलाई होलाकि कसै कसैलाई मात्र होला
बहुतै नमजाले टर्रो र पिरो ! लाग्दछ मलाई ।

कसैलाई भने बाँच्न खुराफात ! गर्न सिकाउँछ
कसैलाई भने बाँच्न उल्कापात ! गर्न सिकाउँछ
जाने सरल जिन्दगी जिउन रमाइलो हुन्छ होला
बुझ्नै कठिनछ कसैलाई बर्जपात गर्न सिकाउँछ ?

कसैलाई भने अमला सरी छ यो जिन्दगी
कसैलाई भने गमला सरी छ यो जिन्दगी
किन भेदभाव छ अमला र गमला हुनुमा ?
कसैलाई साँच्चिकै बम गोला छ जिन्दगी ।

कसैलाई भने किरा सरी छ यो जिन्दगी
कसैलाई भने जिरा सरी छ यो जिन्दगी
जिन्दगी सबैमा फरक फरक किन हुन्छ ?
कसैलाई भने हिरा सरी छ यो जिन्दगी ।

कसैको जिन्दगी चट्टानमा फूल्ने फूलसरी
कसैको जिन्दगी काँडामा फूल्ने फूलसरी
जिन्दगी जिउनुको फरक फरक स्वाद छ
कसैको हजारी मखमली र गोदावरीसरी ।

कतै यो बरदानै बरदानको किस्मत जिन्दगी
कतै यो संघर्षनै संघर्षको अभिषाप जिन्दगी
भाग्यबिधाता बहुतै पक्षपाती रहिछन् लाग्यो
कसैलाई खुसी, कसैलाई पश्चाताप जिन्दगी ।

नरेन्द्र देवकोटा “प्रशान्त”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार