शनिबार, ११ आश्विन, २०८२

कविता-त्यो बिहानमा पोखरा 

हुँदैथ्यो  बर्षात  झरी   पोखरामा  रिमझिम गरेर
हुस्सुको च्यादर ओढेझैँ देखिने डाँडाकाँढा ढाकेर
शनिवार परेर  होकि बिहान  देखिन्थ्यो  सुनसान
तर पनि  रमाइलो  लाग्न गयो  मलाई किन किन ?

एकैछिनपछि बर्षात रोकियो खुल्यो आकाश अनि
दुलहीले घुम्टो खोलेझैँ देखियो त्यो माछापुच्छ्रे पनि
उत्तर तर्फ  चाँदी  टल्के झै गरि  माछापुच्छ्रे चुलिँदा
लाग्न  गयो पोखरा  अति शुन्दर  फेवाताल देखिँदा ।

त्यही शुभ प्रभातमा जाँदै थियौँ मुक्तिनाथमा हामी
पोखराको बिचमा बगेर सेती देखिन्थ्यो निकै दामी
शुरु  हुँदै थियो  दुई दिन  पछि त्यो  बडादशैँ अनि
पुग्नै थियो असोजको  पाँच गते मुक्तिनाथमा पनि ।

मानिसहरू आफ्नै  सुरमा  थिए  दशैँको तयारीमा
बिस्तारै तीँ पशल ब्यस्त देखिए मानिसको भिडमा
चारै तिर  रुख  बृक्षले   पहाड   देखिन्थे   मनोरम
ती शुन्दर  सडक देखिँदा लाग्यो छैन  नेपाल  कम  ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार