आईतवार, ८ भाद्र, २०८२

कविता : मेरा बा

कुशे औंसी विशेष

घरका चार खम्बा हुन
मेरो बा
आगनीकाे चाैडा आन हुन
मेरा बा
मेरो परिवारको खालि पेट भर्ने
अनि
हामीलाई हुर्काउने, बढाउने
नाङ्गो जिउमा एकसरो लुगाफाटोले
नाङ्गै जिउ ढाक्ने लुगाफाटो हुन
मेरा बा

मेरा हजारौं सपनाहरू
आफ्नाे काँधमा बाेकेर निस्केका
एक महान जिउदो भगवान् हुन
मेरा बा
हरेक पलपलकाे भाेक, प्यास
र निन्द्राकाे भारी बाेकेर हिँडेका
एक अपरिचित महा पुरुष हुन
मेरा जिउदो भगवान् बा

हातका हतेलिमा गन्न नसकिने
अनब्रत ठेलाहरु उमारेर
आफ्ना हजारौं सपनाहरूलाई
तिलाञ्जलि दिदै मेरै खुसिकाे लागि
आफ्नाे भरभराउदाे, लाउखाउ भन्ने
जीवन दान गर्ने एक
सर्ब व्यापि सर्ब मान्य सर्ब त्यगि बहुमुल्य का
खानि हुन मेरा बा ।

बा साँच्चिकै यी मेरा शब्दमा
अटाउन सक्दैन मैले तिमिलाई
तर पनि
किन किन
तिम्रो यादमा जानअन्जानमा
तिम्रो बारेमा केही शब्द काेर्ने काेसिश गरे
बस
मात्र काेसिस……

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार