सोमबार, ९ भाद्र, २०८२

प्रविण वयकका चार मुक्तकहरु

आफ्नो जित अरुको हार हुनुपर्छ तब पाे मजा आउछ
नेतालाई मोज हुनु जनतालाई भार हुनुपर्छ तब पो मजा आउँछ
नागरिकको भलो जिताउन आवश्यक छैन् यहाँ,
राजनितिककोे नाममा व्यापार हुनुपर्छ तब पाे मजा आउँछ।

ऊ हेर्नुस् त्यहाँ जो मान्छे जेलमा परेकाे छ
सायद उ पैंसा र पावरकाे खेलमा परेकाे छ
कारण केही नखोज्नुस् कारण यही भित्र छ
यही कारणले त न्यालयलय ओझेलमा परेकाे छ।

खै न्यायमूर्तिकोे निधार के कुरा तक्दिर लागेको छ
लाग्छ गोजी भरिन्छ कि भरिँदैन भन्ने पिर लागेकाे छ
अब त न्यायलयप्रति पनि के न्यायको विश्वास गर्नु?
न्याय पाउनुपर्ने मान्छेको हातमा जन्जिर लागेको छ।

खुल्लम खुल्ला हुने नारीहरूको बलात्कारमा मौन छ
भोकमरीले खानको लागि गरेको हारगुहारमा मौन छ
खै सरकारले कुन पाठशालाबाट सिक्यो यस्तो ज्ञान?
समाजसामु देखाई देखाई गरिने भ्रष्टाचारमा मौन छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार