फोनको घण्टी बज्यो
हेल्लो!!
“के छ खबर?”
उफ्..!!!!
अब यस्तो बेलामा के छ भन्नु?
केही त छैन्
हुन त फेरि सबथोक छ
उही क्या त….उम…उही
‘भुपि शेरचन’ को “मेरो चोक”जस्तो
हो ठ्याक्कै त्यस्तो
चोक,भोक,रोग,शोक…सबथोक
यसरी हालत एकदमै बिग्रिदा त…..
लाग्छ भनिदिन्छु
“केही पनि ठिक छैन् यहाँ”
झुट बोल्नु ठिक पनि त होइन
तर फेरि सोच्छु …
“ह्या होस्
मेरो झुटले
कोही खुसी हुन्छन् भने,
झुटै सहि नि”
…र फेरि झुट बोल्छु
“सबै ठिक छ,
म त एकदमै ठिक छु…
बरु हजुर हरु नि?”