हीरा खानी पनि धाएँ सुन खानी पनि धाएँ
खुसि कहाँ गई मिल्ला भद्रगोल छ जिन्दगानी ।
कठिन् पनि उत्तिकै छ स्वर्ण पनि उत्तिकै छ
भिर होकी मैदान हो हामी मान्छेको जिन्दगानी ।
भोट मधेश माल पर्वत दौड्या दौडेई गर्नु पर्ने।
जीवनको रितै कस्तो जैल्यै तनाव् जिन्दगानी ।
खाना खाँदा भरिने पेट् धनले भर्न कठिन् रैछ
असन्तोषको छुद्र भाँडो कहाली यो जिन्दगानी ।
छोरा छोरी स्वास्नी धन् मान् प्रतिष्ठा छँदा पनि
तर पनि औडाहा छ समाल्नै गाह्रो जिन्दगानी ।
जहिलै फाईदा स्वार्थ हेर्ने बानीलाई छोड्यो भने
गुँरासको फुल् झै शुन्दर बित्थ्यो होला जिन्दगानी ।
रहरै रहरको सोच्थेँ मेरो प्यारो जिन्दगानी
आखिरमा रहेछ जीवन् कठै!कर्कलाको पानी
कमलो छ मुटु मेरो कमलो छ मेरो छाती
हाँस खेल गर्दै जिउनु पर्छ बाँकी सबै जिन्दगानी ।
( “प्रशान्त” चन्दनननाथ-१ जुम्ला,२०८२ साल असार तेह्र गते शुक्रवार, हाल: प्यूठान।)