अन्धकारको कालो पर्दालाई च्यातेर
सफा आकाशमा शुन्दर फुल,
रोपिदेउ तिमी, डोको नाम्लो आँसी बिर्साएर
व्यथाको व्यवहारलाई बुझीदेउ तिमी
बुकीबाट श्रीखण्ड बन्न हर प्रयत्न गर्दै
जीवन पद्धतिसम्म पुगिदेउ तिमी
तिमीलाई लोभ्याउने,
प्रविधिका विरुद्ध नारी
चेतना जगाउँदै आगनीसम्म
पुगिदेउ तिमी
हे नारी ओजस्वी मशाल छ!
दुश्मनलाई चुनौती दिने बलियो पाखुरा छ
त्यसैले तिमीले संसार बुझ्नुपर्छ
नारीहरुलाई गोलबन्द गर्दै,
गन्तव्यसम्म पुग्नुपर्छ
यो अविभारा तिम्रो पनि हो,
हाम्रो पनि हो
हातेमालो गर्दै अघि बढ्ने,
मार्क्सवादको साझा काम हो
त्यसैले नारी तिमी कतै नझुकी नारी
देश डुल्दै प्रकाश फिजाउँदै आइदेउ तिमी
नारी मुक्तिका सन्देश सुनाउँदै
पाखा पर्वत हिमालसम्म पुगिदेउ तिमी
नारी अस्मिता बचाउन स्वतन्त्रताको,
बिगुल फुक्दै आइदेउ तिमी
ए! शिक्षीत नारी जुरुक्क उठेर
काँधमा काँध मिलाई हातमा हात मिलाई,
मार्क्सवादी संसारमा रमाईदेउ,
चेतनाको हुरी बनी हुत्याउँदै!
जहाँ त्यहीँ नारी सन्देश छरिदेउ तिमी
स्वतन्त्रताकी खानी तिमी
अँध्यारोलाई चिर्न बम्बैको कोठी अनि
विदेशका गल्लीगल्लीमा
रोईरहेका कारुणिक चीत्कार बुझन हातमा स्वतन्त्रताको बत्ति लिएर
त्यस ठाउँसम्म पुगिदेउ तिमी
कति महान नारी तिमी
स्वतन्त्रताको उज्यालो बत्ति बाल्न,
आतुर नारी तिमी!