सोमबार, २ असार, २०८२

कविता : गणतन्त्र

गणतन्त्र आयो,
नयाँ व्यवस्था सञ्चालन भयो
साँच्चै देश पूरै परिवर्तन भयो
परिवर्तन पनि सामान्य होर!
महापरिवर्तन भयो नी……?

देशमा भ्रष्टाचार बढ्यो,
जनताको आवाज,
सुनिदिनेहरुसम्म पुग्दैन,
सिंहदरबारका झ्याल ढोका,
यति मजबुत बने की,
गरीब, दुःखी, अन्यायमा,
परेकाहरुको चिच्याहट
ती झ्याल ढोका पार गरेर,
कसैको कानमा पर्न सक्दैन

यो सामान्य हो, अरु सुन्न चाहन्छौ?

गणतन्त्रले मान्छेको जीवन
बदलिदियो
दुःखी गरिबको होइन नी !
जसले माइक समातेर,
झुटा र चर्का भाषण गर्छ,
जसले देशलाई बेच्न खोज्दै छ
जसले सत्तामा बसेर देश,
विनाश हुँदै गरेको
टुलुटुलु हेरिरहेको छ!

गणतन्त्र आएको पनि वर्षौं वर्ष पुग्यो,
गणतन्त्र आयो त केवल,
सुखी सुकिलाहरुको घरमा,
सेवा सुविधा दिलाउन,
घरलाई महल बनाउन,
सबै….

गरिबको झुपडीमा सुइँको,
समेत पाइएन गणतन्त्रको
जुन व्यवस्था आए पनि……?
गरीबी घटेन,
जातीय, वर्गीय, लैङ्गिक विभेद हटेन,
भोकमरी निवारण भएन,
महिला हिंसा झन् बढ्दै गयो,

लाखौँ युवा विदेश,पलायन हुँदै छन्,
देश खोक्रो भइसक्यो,
करोडौंको ऋणमा डुबेका छ।
यो भन्दा बढी परिवर्तन पनि,
किन चाहियो र!?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार