म पत्रकार हुँ
कलम मेरो हतियार हो,
सत्य र आवाजका लागि समर्पित,
एउटा अबिचल यात्रु,
रेडियो नारिआवाज,
जुम्लाबाट सुरु भएको कथा बोकेको।
शब्दहरू बोल्थे रेडियोका छालहरूमा,
पहिलो आवाज बनेर नारीको, गाउँको,
त्यसपछि ‘जुम्लादर्पण’ मार्फत
म माटोको गन्ध छर्न थालेँ अक्षरमा
कहिलेकाहीँ आँखा रसाउँथ्यो,
कहिलेकाहीँ प्रश्नहरूले पोल्थ्यो,
तर सत्य खोज्ने मन
कहिल्यै थाक्दैन
किनभने म पत्रकार हुँ !
करिब सात वर्ष बितेछ
रेडियोदेखि अनलाइन हुँदै,
नेपाल टेलिभिजनको पर्दासम्म,
जहाँ मेरो आवाज देशभर गुञ्जियो।
सत्ता डराउन्, अन्याय काँपून्,
म शब्द चलाउँछु,
कसैले दबाएको सत्य उघार्न,
म आफैँ उज्यालो बन्छु।
पत्रकारीता मेरो कर्म हो,
न्याय र परिवर्तन मेरो धर्म हो,
म कलमसँग बोल्छु,
म आवाजसँग लड्छु
म पत्रकार हुँ,
सत्यको साथी,
अनि समयको साक्षी