किन परेछ आमाको मुख हेर्ने दिन
औँसी म उनी त सधैँ पुर्निमा जस्तै उज्याली छिन्।
किन देखाउनु पर्यो दुनियालाई उनका रमिताका दर्दनाक तस्बिर
उनी सधैँ मन मुटुमा छिन् ।
कहिले पनि यो सोचिनान् मेरो सन्तानका
आखाँमा दुःखको आँसु झरोस्
तो चाहन्छिन् कि अरुले झै सधैँ
प्रगति गरोस।
वर्षौं देखि काममा कसिएका हात खुट्टा बिसाउन पाएकी छैनन्
मन दुख्दा पनि कसै सँग रिसाउन पाएकी छैनन्।
कहिले पनि उनले खुसि एकपल पाएकी छैनन्।
मेरो हातले दिएको एक जोर चप्पल पाएकी छैनन्।
म उनको तस्बीर ठूलो अकारमा म कहिल्यै पनि हेर्न चाहान्न।
मलाई त सधैँ याद आउँछ कि
सन्तानको पेट भर्न धेरै दिन भोकै बस्नु परेको
मलाई त याद छ कि मेरो पाउमा चप्पल लगाउन खाली खुट्टाले हिँडेको
उनले मलाई सम्झने बेलामा आफूलाई नै बिर्सेको
उनी कहिले पनि बसिनन् मातातिर्थ औँसी पर्खाइमा
उनी कहिले पनि बसिनन् तिमीले दिने मिठाई अनि कोसेलीको पर्खाइमा।
मिठाई होइन एक वचन राम्रो होस् सबैको
आमा सबैकी उस्तै हुन्।
आमा सधैकी उस्तै हुन्।