दिन बितेको थाहै नभएर
आयाे फेरि नयाँ वर्ष
कहिले उकाली धाउँदा आयाे
कहिले ओरालि झर्दा आयाे ।
कहिले आफन्तिसँग रमाइलो गर्दैगर्दा आयाे
कहिले बिरानाेसँग परिचय गर्दागर्दै आयाे
मिलमा झगडा खेल्दै गर्दा
नयाँ वर्ष आयाे
छुटेकाहरुलाई जुटाउँदै गर्दा नयाँ वर्ष आयाे।
जे हाेस जसरी पनि नयाँ साल
आउनु थियोे आयाे
पीडाहरु भित्र र हासाेहरु खाेज्दै जादा
गज्यङ्ग गुजुङ्ग जिन्दगी सङ्गाल्दै गर्दा
कतै,
जिन्दगीका अनगिन्ती माेडहरु पारगर्दै गर्दा
नयाँ वर्ष आयाे
नयाँ वर्ष नयाँ पनकाे काेसेलि बाेकेर आयाे।
नयाँ रङ्ग बाेकेर आयाे
नयाँ चालढाल र राैनक बाेकेर आयाे
नयाँ साल यसैगरी
३६५ दिन पछाडी पार्दै
फेरि नयाँ जन्मोत्सवकाे लहर बाेकेर
नयाँ साल आयाे।
कहिले दिन ढलेर
नयाँ वर्ष आयाे
कहिले रात जागेर
नयाँ वर्ष आयाे